एमबीबीएस पढ्न वायरलेस एयरफोनमार्फत यसरी चिट चोर्छन विद्यार्थी



नेपाल समाचारपत्र, काठमाडौ ।

हालसालै एमबीबीएस प्रवेश परीक्षामा इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गरेर चिट चोर्ने चार विद्यार्थी पक्राउ परेका छन् । तीन विद्यार्थीलाई बौद्धस्थित परीक्षा केन्द्रबाट र एक जनालाई तीनकुनेबाट पक्राउ गरिएको हो । चिट चोर्न डिभाइस उपलब्ध गराउने गिरोहका अन्य पाँच जना, नक्कली परीक्षार्थी बनेर जाँच दिइरहेका एक र नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एक जनालाई पनि पक्राउ गरेको छ ।

गिरोहका सदस्यले २ देखि ५ लाख रुपैयाँसम्म लिएर चिट चोर्ने डिभाइस विद्यार्थीलाई उपलब्ध गराएका थिए । यस्तो डिभाइसमार्फत चिट चोर्न परीक्षार्थीले यस्तो टिसर्ट लगाएका हुन्छन्, जसमा सलाईको बट्टा आकारको सिमकार्डयुक्त डिभाइस सिलाएर राखिएको हुन्छ ।

उक्त डिभाइसबाट निस्केको तार कपडाभित्र सिलाउँदै कुमनेर पुर्‍याइएको हुन्छ । तारको टुप्पोमा भएको एअरफोन आकारको यन्त्रले कानभित्र रहेको अत्यन्तै सानो आकारको वायरलेस एअरफोनमा आवाज पुर्‍याउन मद्दत गर्छ । यस्तो यन्त्रजडित टिसर्ट लगाएर विद्यार्थी परीक्षा हलमा बसेको केही बेरपछि गिरोहका सदस्यले यन्त्रमा फोन गर्छन र मज्जाले कपीमा उत्तर लेख्ने गर्दछन् ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार योजनाबद्ध र व्यवस्थित सेटिङमार्फत गिरोहका सदस्यले परीक्षा सुरु हुनेबित्तिकै प्रश्नपत्र हात पारेको देखिन्छ । प्रहरीले बौद्धस्थित परीक्षा केन्द्रबाट धेरै विध्यार्थीहरुलाई प्रकाउ समेत गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्