‘डन’ सँग देउवाको कनेक्सन



नेपाल समाचारपत्र, काठमाडौं । राजनीतिमा गुन्डा र माफियाको चलखेल बढीरहेका भनेर आलोचना भइहरेका बेला प्रधानमन्त्री शेर बहादुर देउवाले सम्पत्ति शुद्धिकरणको अभियोग लागेका मेधशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य तथा ‘डन’ गणेश लामालाई पार्टीमा भित्र्याएका छन । विजयकुमार गक्षदारसँगै एउटै मञ्चमा राखेर डन गणेश लामालाई कांग्रेसमा भित्राएका हुन् । नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा एकीकरण गर्ने कार्यक्रममा आज बिहान डन लामा मञ्चमा राखिएका थिए । उनी लोकतान्त्रिक फोरमका नेता हुन् ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले केही समय पहिले लामाविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्धा दर्ता गरेको थियो । लामालाई २७ करोड १ लाख ६१ हजार विगो असुल उपर हुनु पर्ने विभागले दावि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्