झोलुङगे पुल नहुदाँ सास्ती



ललित सिंह,बझाङ ।
बझाङ सदरमुकाम चैनपुर जोड्ने बाउलीगाड झोलुङगे पुल बगाउदा स्थानीयबासीले निकै सास्ती खेप्नु परेको छ ।

बाउली खोलामा आएको बाढीले करिव एक सय पचास मिटर लामो झोलुङगे पुल बगाएपछि एक घण्टा हिडेर वैकल्पिक बाटो खोज्दै सदरमुकाम सम्म आवतजावत गर्नु पर्ने स्थानीयबासीको बाध्ययता रहेको छ ।

झोलुङगे पुल बगाउदा चैनपुर बजारमा रहेका निजि तथा सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत आवतजावत गर्न समस्या भएको छ । पुल नभएपछि सदरमुकामका सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाई समेत समयमै आवतजावत गर्न कठिनाई भएको छ ।

झोलुङगे पुल तरेर दिनहु सदरमुकाममा तरकारी तथा दुध बेचेर जिविको पार्जन गर्दै आएका जयपृथ्वी नगरपालिका ६ का मंगल बहादुर सिंहले भने पुल बगाउदा आफु जस्तै दर्जनौ ब्यवसायीहरुलाई बजारसम्म आवतजावत गर्न निकै समस्या भएको छ ।

सदरमुकाम सम्म सामान ढुवानी गर्न पनि समस्या भएको छ । घोडा खच्चरलाई आवतजावत गर्न पनि निकै समस्या भएको स्थानीय खच्चर ब्यवसायी ईश्वर सिंहले बताँए । दिनहु सदरमुकाममा दाउरा बेच्नेहरुलाई समेत समस्या भएको छ । पुल नहुदा चैनपुर बजारसम्म भारी बोकेर जिविको गर्नेहरुलाई समेत समस्या देखिन्छ ।

०७३ असार ३१ गते आएको अविरल वर्षाका कारण बाउली गाडमा रहेको एक सय ५० मिटर लामोझुलुङ्गे पुल बगाएको थियो।

नदीले अझै कटान गरिरहेकाले आसपासका बासीन्दाहरु घर टहरा छोड्दै सुरक्षित स्थान तिर सर्नेक्रम जारी रहका छन् । बर्खायामको समयमा नदी आसपासका क्षेत्रमा ठुलो क्षती हुन सक्ने अनुमान गर्न सकिन्छ ।

सेती नदी र बाउली खोलमा बर्खायामको समयमा आउने गरेको बाढील जयपृथ्वी राजमार्ग समेतयात्रा गर्न जोखीमपूर्ण हुन्छ ।

पुल बगाएको झण्डै दुई बर्ष पुग्न लाग्दा पनि जिल्लाको मुटु मानीने सदरमुखकाम चैनपुर जोड्ने पुल नै छैन् ।

प्रतिक्रिया दिनुहोस्