गच्छदार कांग्रेस प्रवेश गर्ने साइत जुर्यो, आजै पार्टी प्रवेश



नेपाल समाचारपत्र, काठमाडौ ।
विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम सोमवार नेपाली कांग्रेसमा एकीकरण हुने भएको छ । यसअघि गच्छदार कांग्रेसमा प्रवेश गर्ने कार्यक्रम आइतवार अन्तिम समयमा आएर स्थगित भएको थियो ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले पार्टी एकीकरणको लागि भन्दै आइतवार साझ साढे ५ बजे बालुवाटारमा पत्रकारहरुलाई आमन्त्ररण गरेको थियो । तर कतिपय बिषयमा सहमति जुटन नसक्दा हिजोको कार्यक्रम स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्