मधुमेहीले के खाने, के नखाने ?



खान नहुने पदार्थहरु
गुलिया पदार्थ– चिनी भएका खाने वस्तुहरु, मिठाई, सक्खर, जाम, टिनमा राखेका फलफूल आदि ।
गुलियो पिउने पदार्थ– फ्यान्टा, कोकाकोला, फ्रुटजुस आदि ।
आइसक्रिम, हर्लिक्स, बर्नभिटा, स्विटवाइन, स्विटसेरी, बियर आदि ।
कन्दमूलहरु– आलु, पिँडालु, तरुल, सगरखण्ड आदि ।
तेल–घिउमा तारेका खानेकुरा– पुरी, पुलाउ, समोसा, चप आदि ।

थोरै मात्रामा खान हुने पदार्थहरु
अन्नहरु जस्तै– भात, गहुँ, मकै,
चिउरा आदि ।
चिनी नभएका पाउरोटी, बिस्कुट,
चाउचाउ आदि ।
तेल, घिउ, मख्खन आदि ।
साधारण मात्रामा खान हुने पदार्थहरु
दाल र गेडागुडीहरु– चना, रहर, मास, भटमास, केराउ, मुग आदि ।
दूध र दूधबाट बनेका पदार्थहरु– दूध, दही आदि ।
मासु, माछा, फुल आदि ।
फलफूलहरु– सुन्तला, मेवा, मौसम, अंगुर, नासपाती, स्याउ, केरा आदि ।

इच्छाअनुसार खान हुने पदार्थहरु
तरकारी (काँचो अथवा उमालेको)– कोपी, बन्दाकोपी, गाजर, च्याउ, सिमी, प्याज, सलगम, कुरिलो, काँक्रो, मुला, गोलभेँडा, परवर, भ्यान्टा, फर्सी आदि ।
हरियो सागसब्जी– रायो, पालुङ्गो, चम्सुर आदि ।
फलफूल– खरबुजा, सेपनक्रत्स,
कागती आदि ।
पिउने पदार्थहरु– चिया, कफी, कम क्यालोरी भएका पिउने वस्तुहरु, घरमा बनेका तरकारीका सूपहरु आदि ।
ल अन्य– स्याकरिन ट्याब्लेट, सलाद, मसला, जीरा, मरिच इत्यादि ।

 

(काठमाडौं मोडेल अस्पतालले तयार गरेको पर्चाबाट उद्धृत)

प्रतिक्रिया दिनुहोस्