जननेन्द्रियको चिन्ता

डा. राजेन्द्र भद्रा

हाम्रो शरीरका अन्य अङ्ग–प्रत्यङ्गहरू व्यक्तिअनुसार फरक नाप र आकारका भएजस्तै यौनाङ्ग पनि फरक नाप र आकारका हुन्छन् । व्यक्तिअनुसार कुनै पुरुषको जननेन्द्रिय लामो हुन सक्छ भने कसैको छोटो । त्यसै गरी कसैको केही मोटो हुन सक्छ भने कसैको केही पातलो । जननेन्द्रियको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो त आफ्नो यौनसाथीलाई यौनसुख प्रदान गर्न सक्छु वा सक्दिनँ भन्ने बारेमा हुने गर्दछ । यसमा गहिरिएर हेर्ने हो भने, जननेन्द्रियको लम्बाइ वा भनौं नापको कुरा यौनसुख लिने⁄दिने कुरामा मात्र सीमित नभई पुरुषको आफ्नो पहिचान तथा आत्मसम्मानसँग जोडिएको हुन्छ । कतिपय पुरुषले यो पौरुषतासँग जोडिएको मान्छन् । त्यसैले पनि समस्या थपिन्छ ।

स्मल पेनिस सिन्ड्रोम के हो ?

जननेन्द्रिय एक विशेष अङ्ग हो र यसको सांकेतिक महत्व बढी छ । सन्तान उत्पादन गर्ने अङ्गको रुपमा भएर पनि यस्तो भएको हुन सक्छ । पुरुषमा यौनसुखको केन्द्र हुने भएकाले पनि यस्तो महत्व पाउनमा भूमिका खेलेको हुनुपर्छ । माथि भनिएझैँ कतिपय व्यक्तिले यसको आकार वा लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’सँग नै जोडिएको ठान्ने गर्दछन् । त्यसैले कतिपय व्यक्तिमा आफ्नो जननेन्द्रियको नापप्रति निकै चासो र चिन्ता हुने गर्दछ ।

तर कसै–कसैमा असामान्यरुपमा नै चिन्ता हुने गर्दछ । चिकित्सा विज्ञानको दृष्टिले सामान्य नाप वा आकारको जननेन्द्रिय भए पनि आफ्नो जननेन्द्रिय सानो भयो भन्ने ठानेर अत्यधिक चिन्ता लिइने स्थिति नै स्मल पेनिस सिन्ड्रोम अथवा पेनिस डिस्मोरफोबिया भनिन्छ । वास्तवमा जननेन्द्रिय नै सानो हुने समस्यालाई भने अंग्रेजीमा माइक्रो पेनिस वा माइक्रो–फलस (mष्अचय(उजबििगक) भनिन्छ । साँच्चिकै सानो जननेन्द्रिय भएको व्यक्तिमा यसबाट चिन्ताग्रस्त भएको अवस्थालाई भने सानो जननेन्द्रियसिन्ड्रोम भनिँदैन ।

महिलालाई सुख दिने नाममा भए पनि महिलाको लागि पुरुषको आकर्षताको सन्दर्भमा पुरुषको व्यक्तित्व र रङ्गरुपजस्ता कुरा महत्वका कुरा हुन् नकि जननेन्द्रियको नाप । ५० हजार पुरुष तथा महिलामा गरिएको एक अध्ययनमा ८५ प्रतिशत महिला आफ्नो यौनसाथीको जननेन्द्रिय आकारबाट सन्तुष्ट रहेको भेटिएको थियो भने ५५ प्रतिशत पुरुष ।
कतिपयले यौन चलचित्रको प्रभावमा परेर आफ्नो जननेन्द्रियलाई सानो ठान्दा झनै चिन्ता थपिने हुन्छ । फेरि जननेन्द्रिय लामो बनाउने भनिने प्रसाधनको बिक्री वितरण गर्ने वा सेवा दिने व्यक्ति वा संस्थाले जननेन्द्रियको आकार केही सानो हुनुलाई अतिशयोक्तिपूर्णरुपमा प्रस्तुत गरेर ठूलो समस्याका रुपमा देखाउने गर्दा पनि चिन्ता थपिने गर्दछ ।

के महिला सन्तुष्ट हुन जननेन्द्रिय लामो नै चाहिएला ?

यौनसुख दिन वा लिन शायद पुरुष जननेन्द्रियको नापभन्दा अन्य कुराहरू बढी महत्वपूर्ण छन् भन्ने कुरा बुझ्नु जरुरी छ । सानो होस् वा लामो, जननेन्द्रियको घर्षणबाट यौनसुख पाइन्छ । हस्तमैथुनबाट चरमसुख प्राप्त गर्न सक्नुभएको छ भने सो जननेन्द्रियवाट यौनसुख लिन सकिने कुरामा ढुक्क भए हुन्छ । जहाँसम्म आफ्नी श्रीमती वा महिला यौनसाथीलाई यौनसुख दिन प्रदान गर्ने क्षमताको सवाल छ, त्यसको लागि महिलाले कसरी यौनसम्पर्कबाट आनन्द पाउँछन् भन्ने कुरा बुझ्नु जरुरी छ । महिलाको यौनसंवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा केन्द्रित हुँदैन । प्रायः सबैजसो महिलाको यौनसुखको केन्द्र भगाङ्कुर हो । यही भगाङ्कुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले यौनआनन्द प्राप्त गर्छन् । यो भगाङ्कुर बाहिरतिर नै हुन्छ ।

हुन सक्छ, केही महिलालाई ठूलो आकारको जननेन्द्रियप्रति आकर्षण होला तर त्यसैको आधारमा बढी यौनआनन्द पाउनेचाहिँ होइन । केही अध्ययनहरूमा यौनसम्पर्कको बेला महिलाले पुरुषको जननेन्द्रियको नापलाई खासै ध्यान नदिने गरेको कुरा पनि उल्लेख गरेको पाइन्छ । कहिलेकाहीँ यौनक्रियाको चरमोत्कर्षमा पुग्न लागेको बेलामा मुखबाट निस्कने वाक्य जस्तै कि ‘अझै भित्र पसाऊ’ वा ‘भित्रसम्म पुगेन’कै आधारमा कसैले आफ्नो जननेन्द्रिय सानो भएको ठान्नुपर्ने कारण छैन । सम्पूर्ण योनिको लम्बाइलाई हेर्ने हो भने यसको भित्री भाग होइन कि बाहिरतिर एक तिहाइ भाग नै विशेषरुपमा यौन संवेदनशील हुन्छ । सामान्य अवस्थामा योनिको लम्बाइ ४ इन्च जति हुन्छ । साधारणतया छोटो भनिने जननेन्द्रिय पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छ । तपाईंको ४ इन्चको जननेन्द्रिय योनिको बाहिरतिरको एक तिहाइ १.३३ इन्च जतिको यौनसंवेदनशील भागको घर्षण गर्न र्याप्त नै हुन्छ ।

योनि तथा भगाङ्कुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठहरु तथा अग्रभागमा रहेको मोन्स भेनरिज (mयलक खभलभचष्क), जहाँ यौनकेशहरु पाइन्छ सो भाग यौनसंवेदनशील हुन्छ । त्यसै गरी सम्पूर्ण स्तन नै यौन संवेदनशील भए पनि यसको मुन्टो तथा वरिपरिको भाग विशेष यौनसंवेदनशील हुन्छ । व्यक्ति–व्यक्तिमा फरक पर्ने भए पनि यसदेखि बाहेक नितम्ब, गर्दन, काखी, तिघ्रा, नाभीक्षेत्र आदि अरु अङ्गहरुलाई पनि यौनसंवेदनशील अङ्ग मान्न सकिन्छ । पुरुषहरूको तुलनामा महिलाको यौनसुख प्राप्त गर्ने कुरा पुरुष–जननेन्द्रियमा मात्र केन्द्रित हुँदैन, त्यसैले सबै यौनसंवेदनशील अङ्गहरूको अधिकतम प्रयोग उचित हुन्छ ।

समाधानको बाटो

एक सन्तान पनि भइसकेकाले तपाईं निःसन्तान हुनुभएन । तपाईंको जननेन्द्रिय उत्तेजित भएर नै नियमित यौनसम्पर्क राखिरहनुभएको छ भन्ने कुरा उल्लेख गर्नुभएकोले तपाईंको जननेन्द्रिय उत्तेजित हुने समस्या छैन भनेर नै बुझिन्छ । यस अर्थमा तपाईंले आफूलाई नामर्द ठान्नुपर्ने वा श्रीमतीले नामर्द ठान्लिन् भनेर सोच्नु तर्कसंगत छैन ।

यस लघु जननेन्द्रिय सिन्ड्रोममा जननेन्द्रियको नाप सामान्य नै हुने भएकाले यसमा समाधानको लागि मानसिक समस्याको समाधान गर्न ध्यान दिनुपर्छ । यसको लागि मनोपरामर्शको आवश्यकता पर्ने गर्दछ । बुझ्नुपर्ने कुरा के भने, हामी सबैको शरीर, अङ्ग–प्रत्यङ्ग एकै नासका छैनन् । व्यक्तिअनुसार केही न केही फरक त हुन्छ नै । उदाहरणको लागि हाम्रो उचाइ पनि एकैनासको हुँदैन तर केही अग्लो वा होचो हुँदैमा हामीले जीवनमा आइपर्ने कार्य गर्नै नसक्ने त होइन नि । यो कुरा जननेन्द्रियमा पनि लागू हुन्छ । साथी वा अरु कसैको जस्तो वा छापा वा विद्युतीय माध्यममा विज्ञापन गरिएजस्तो तपाईंको जननेन्द्रियको लम्बाइ–मोटाइ हुनुपर्छ भनेर दिग्भ्रमित नहुनुहोस् । कतिपयलाई केटी साथी वा श्रीमतीले सानो जननेन्द्रिय भएकोले हेयदृष्टिले हेर्लान् वा यौनसुख दिन नसकिएला भन्ने चिन्ता पनि होला । तर यसमा वास्तविकता छैन भन्ने कुरा बुझ्नुपर्छ ।

यथार्थ के हो भने, अध्ययनहरूले देखाएका छन् कि धेरैजसो महिलाले यौनसम्पर्कको बेलामा पुरुष यौनसाथीको जननेन्द्रियको लम्बाइ वा आकारलाई खासै चासोको विषय पनि बनाउँदैनन् । फेरि तपाईंले जननेन्द्रिय प्रदर्शित गर्दै हिँड्नुपर्ने कुरा नै होइन । त्यसैले कहीँ–कतै जाँदा पीर गर्नुपर्ने कारण छैन । सबैभन्दा महत्वपूर्ण कुरा त महिलाको सबैभन्दा बढी यौनसंवेदनशील अङ्ग भगाङ्कुर हो र यो बाहिरै हुन्छ भन्ने कुरालाई बिर्सनुहुन्न । महिलाले यही अङ्गको घर्षणबाट नै यौनसन्तुष्टि प्राप्त गर्दछन् । जननेन्द्रियको लम्बाइ वा मोटाइ बढाए पनि शारीरिक सम्पर्क गर्दा यसले भगाङ्कुरको घर्षणमा खासै फाइदा पुग्ने होइन, बरु त्यसको लागि एकातिर तपाईंको जननेन्द्रियभन्दा औंला नै बढी सहयोगी साबित हुन सक्छ भने अर्कोतिर आसन परिवर्तन । योनिको बाहिरी योनिद्वारतिरको एकतिहाइ भाग यौनसंवेदनशील हुन्छ, न कि भित्री भाग । यो लम्बाइको जननेन्द्रिय योनिको बाह्यभागमा घर्षण गर्न पर्याप्त हुन्छ । यी कुराले पनि फाइदा भएन भने तपाईंले चिकित्सकसँग सम्पर्क गर्न सक्नुहुन्छ । मनोविमर्श, मनोचिकित्साजस्ता विधि अपनाउनुपर्छ ।

हाम्रो शरीरका अन्य अङ्ग–प्रत्यङ्गहरू व्यक्तिअनुसार फरक नाप र आकारका भएजस्तै यौनाङ्ग पनि फरक नाप र आकारका हुन्छन् । व्यक्तिअनुसार कुनै पुरुषको जननेन्द्रिय लामो हुन सक्छ भने कसैको छोटो । त्यसै गरी कसैको केही मोटो हुन सक्छ भने कसैको केही पातलो । जननेन्द्रियको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो त आफ्नो यौनसाथीलाई यौनसुख प्रदान गर्न सक्छु वा सक्दिनँ भन्ने बारेमा हुने गर्दछ । यसमा गहिरिएर हेर्ने हो भने, जननेन्द्रियको लम्बाइ वा भनौं नापको कुरा यौनसुख लिने⁄दिने कुरामा मात्र सीमित नभई पुरुषको आफ्नो पहिचान तथा आत्मसम्मानसँग जोडिएको हुन्छ । कतिपय पुरुषले यो पौरुषतासँग जोडिएको मान्छन् । त्यसैले पनि समस्या थपिन्छ ।

स्मल पेनिस सिन्ड्रोम के हो ?

जननेन्द्रिय एक विशेष अङ्ग हो र यसको सांकेतिक महत्व बढी छ । सन्तान उत्पादन गर्ने अङ्गको रुपमा भएर पनि यस्तो भएको हुन सक्छ । पुरुषमा यौनसुखको केन्द्र हुने भएकाले पनि यस्तो महत्व पाउनमा भूमिका खेलेको हुनुपर्छ । माथि भनिएझैँ कतिपय व्यक्तिले यसको आकार वा लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’सँग नै जोडिएको ठान्ने गर्दछन् । त्यसैले कतिपय व्यक्तिमा आफ्नो जननेन्द्रियको नापप्रति निकै चासो र चिन्ता हुने गर्दछ ।

तर कसै–कसैमा असामान्यरुपमा नै चिन्ता हुने गर्दछ । चिकित्सा विज्ञानको दृष्टिले सामान्य नाप वा आकारको जननेन्द्रिय भए पनि आफ्नो जननेन्द्रिय सानो भयो भन्ने ठानेर अत्यधिक चिन्ता लिइने स्थिति नै स्मल पेनिस सिन्ड्रोम अथवा पेनिस डिस्मोरफोबिया भनिन्छ । वास्तवमा जननेन्द्रिय नै सानो हुने समस्यालाई भने अंग्रेजीमा माइक्रो पेनिस वा माइक्रो–फलस (mष्अचय(उजबििगक) भनिन्छ । साँच्चिकै सानो जननेन्द्रिय भएको व्यक्तिमा यसबाट चिन्ताग्रस्त भएको अवस्थालाई भने सानो जननेन्द्रिय सिन्ड्रोम भनिँदैन ।

महिलालाई सुख दिने नाममा भए पनि महिलाको लागि पुरुषको आकर्षताको सन्दर्भमा पुरुषको व्यक्तित्व र रङ्गरुपजस्ता कुरा महत्वका कुरा हुन् नकि जननेन्द्रियको नाप । ५० हजार पुरुष तथा महिलामा गरिएको एक अध्ययनमा ८५ प्रतिशत महिला आफ्नो यौनसाथीको जननेन्द्रिय आकारबाट सन्तुष्ट रहेको भेटिएको थियो भने ५५ प्रतिशत पुरुष ।
कतिपयले यौन चलचित्रको प्रभावमा परेर आफ्नो जननेन्द्रियलाई सानो ठान्दा झनै चिन्ता थपिने हुन्छ । फेरि जननेन्द्रिय लामो बनाउने भनिने प्रसाधनको बिक्री वितरण गर्ने वा सेवा दिने व्यक्ति वा संस्थाले जननेन्द्रियको आकार केही सानो हुनुलाई अतिशयोक्तिपूर्णरुपमा प्रस्तुत गरेर ठूलो समस्याका रुपमा देखाउने गर्दा पनि चिन्ता थपिने गर्दछ ।

के महिला सन्तुष्ट हुन जननेन्द्रिय लामो नै चाहिएला ?

यौनसुख दिन वा लिन शायद पुरुष जननेन्द्रियको नापभन्दा अन्य कुराहरू बढी महत्वपूर्ण छन् भन्ने कुरा बुझ्नु जरुरी छ । सानो होस् वा लामो, जननेन्द्रियको घर्षणबाट यौनसुख पाइन्छ । हस्तमैथुनबाट चरमसुख प्राप्त गर्न सक्नुभएको छ भने सो जननेन्द्रियवाट यौनसुख लिन सकिने कुरामा ढुक्क भए हुन्छ । जहाँसम्म आफ्नी श्रीमती वा महिला यौनसाथीलाई यौनसुख दिन प्रदान गर्ने क्षमताको सवाल छ, त्यसको लागि महिलाले कसरी यौनसम्पर्कबाट आनन्द पाउँछन् भन्ने कुरा बुझ्नु जरुरी छ । महिलाको यौनसंवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा केन्द्रित हुँदैन । प्रायः सबैजसो महिलाको यौनसुखको केन्द्र भगाङ्कुर हो । यही भगाङ्कुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले यौनआनन्द प्राप्त गर्छन् । यो भगाङ्कुर बाहिरतिर नै हुन्छ ।

हुन सक्छ, केही महिलालाई ठूलो आकारको जननेन्द्रियप्रति आकर्षण होला तर त्यसैको आधारमा बढी यौनआनन्द पाउनेचाहिँ होइन । केही अध्ययनहरूमा यौनसम्पर्कको बेला महिलाले पुरुषको जननेन्द्रियको नापलाई खासै ध्यान नदिने गरेको कुरा पनि उल्लेख गरेको पाइन्छ । कहिलेकाहीँ यौनक्रियाको चरमोत्कर्षमा पुग्न लागेको बेलामा मुखबाट निस्कने वाक्य जस्तै कि ‘अझै भित्र पसाऊ’ वा ‘भित्रसम्म पुगेन’कै आधारमा कसैले आफ्नो जननेन्द्रिय सानो भएको ठान्नुपर्ने कारण छैन । सम्पूर्ण योनिको लम्बाइलाई हेर्ने हो भने यसको भित्री भाग होइन कि बाहिरतिर एक तिहाइ भाग नै विशेषरुपमा यौन संवेदनशील हुन्छ । सामान्य अवस्थामा योनिको लम्बाइ ४ इन्च जति हुन्छ । साधारणतया छोटो भनिने जननेन्द्रिय पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छ । तपाईंको ४ इन्चको जननेन्द्रिय योनिको बाहिरतिरको एक तिहाइ १.३३ इन्च जतिको यौनसंवेदनशील भागको घर्षण गर्न र्याप्त नै हुन्छ ।

योनि तथा भगाङ्कुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठहरु तथा अग्रभागमा रहेको मोन्स भेनरिज (mयलक खभलभचष्क), जहाँ यौनकेशहरु पाइन्छ सो भाग यौनसंवेदनशील हुन्छ । त्यसै गरी सम्पूर्ण स्तन नै यौन संवेदनशील भए पनि यसको मुन्टो तथा वरिपरिको भाग विशेष यौनसंवेदनशील हुन्छ । व्यक्ति–व्यक्तिमा फरक पर्ने भए पनि यसदेखि बाहेक नितम्ब, गर्दन, काखी, तिघ्रा, नाभीक्षेत्र आदि अरु अङ्गहरुलाई पनि यौनसंवेदनशील अङ्ग मान्न सकिन्छ । पुरुषहरूको तुलनामा महिलाको यौनसुख प्राप्त गर्ने कुरा पुरुष–जननेन्द्रियमा मात्र केन्द्रित हुँदैन, त्यसैले सबै यौनसंवेदनशील अङ्गहरूको अधिकतम प्रयोग उचित हुन्छ ।

समाधानको बाटो

एक सन्तान पनि भइसकेकाले तपाईं निःसन्तान हुनुभएन । तपाईंको जननेन्द्रिय उत्तेजित भएर नै नियमित यौनसम्पर्क राखिरहनुभएको छ भन्ने कुरा उल्लेख गर्नुभएकोले तपाईंको जननेन्द्रिय उत्तेजित हुने समस्या छैन भनेर नै बुझिन्छ । यस अर्थमा तपाईंले आफूलाई नामर्द ठान्नुपर्ने वा श्रीमतीले नामर्द ठान्लिन् भनेर सोच्नु तर्कसंगत छैन ।

यस लघु जननेन्द्रिय सिन्ड्रोममा जननेन्द्रियको नाप सामान्य नै हुने भएकाले यसमा समाधानको लागि मानसिक समस्याको समाधान गर्न ध्यान दिनुपर्छ । यसको लागि मनोपरामर्शको आवश्यकता पर्ने गर्दछ । बुझ्नुपर्ने कुरा के भने, हामी सबैको शरीर, अङ्ग–प्रत्यङ्ग एकै नासका छैनन् । व्यक्तिअनुसार केही न केही फरक त हुन्छ नै । उदाहरणको लागि हाम्रो उचाइ पनि एकैनासको हुँदैन तर केही अग्लो वा होचो हुँदैमा हामीले जीवनमा आइपर्ने कार्य गर्नै नसक्ने त होइन नि । यो कुरा जननेन्द्रियमा पनि लागू हुन्छ । साथी वा अरु कसैको जस्तो वा छापा वा विद्युतीय माध्यममा विज्ञापन गरिएजस्तो तपाईंको जननेन्द्रियको लम्बाइ–मोटाइ हुनुपर्छ भनेर दिग्भ्रमित नहुनुहोस् । कतिपयलाई केटी साथी वा श्रीमतीले सानो जननेन्द्रिय भएकोले हेयदृष्टिले हेर्लान् वा यौनसुख दिन नसकिएला भन्ने चिन्ता पनि होला । तर यसमा वास्तविकता छैन भन्ने कुरा बुझ्नुपर्छ ।

यथार्थ के हो भने, अध्ययनहरूले देखाएका छन् कि धेरैजसो महिलाले यौनसम्पर्कको बेलामा पुरुष यौनसाथीको जननेन्द्रियको लम्बाइ वा आकारलाई खासै चासोको विषय पनि बनाउँदैनन् । फेरि तपाईंले जननेन्द्रिय प्रदर्शित गर्दै हिँड्नुपर्ने कुरा नै होइन । त्यसैले कहीँ–कतै जाँदा पीर गर्नुपर्ने कारण छैन । सबैभन्दा महत्वपूर्ण कुरा त महिलाको सबैभन्दा बढी यौनसंवेदनशील अङ्ग भगाङ्कुर हो र यो बाहिरै हुन्छ भन्ने कुरालाई बिर्सनुहुन्न ।

महिलाले यही अङ्गको घर्षणबाट नै यौनसन्तुष्टि प्राप्त गर्दछन् । जननेन्द्रियको लम्बाइ वा मोटाइ बढाए पनि शारीरिक सम्पर्क गर्दा यसले भगाङ्कुरको घर्षणमा खासै फाइदा पुग्ने होइन, बरु त्यसको लागि एकातिर तपाईंको जननेन्द्रियभन्दा औंला नै बढी सहयोगी साबित हुन सक्छ भने अर्कोतिर आसन परिवर्तन । योनिको बाहिरी योनिद्वारतिरको एकतिहाइ भाग यौनसंवेदनशील हुन्छ, न कि भित्री भाग । यो लम्बाइको जननेन्द्रिय योनिको बाह्यभागमा घर्षण गर्न पर्याप्त हुन्छ । यी कुराले पनि फाइदा भएन भने तपाईंले चिकित्सकसँग सम्पर्क गर्न सक्नुहुन्छ । मनोविमर्श, मनोचिकित्साजस्ता विधि अपनाउनुपर्छ ।

जननेन्द्रिय कत्रो हुनुपर्छ ?

जननेन्द्रियको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार एकदमै फरक हुनसक्छ । कसैको लामो त कसैको छोटो, कसैको मोटो त कसैको पातलो हुन सक्छ । अनि आकार पनि फरक हुन सक्छ । एक अध्ययनमा सालाखाला लम्बाइ उत्तेजित नहुँदा ३.८९ इन्च र उत्तेजित हुँदा ६.२१ इन्च हुने कुरा उल्लेख गरिएको छ । त्यसै गरी सालाखाला मोटाइ उत्तेजित नहुँदा ३.७५ इन्च र उत्तेजित हुँदा ४.८५ इन्च हुने उल्लेख छ । अहिले देशअनुसार जननेन्द्रियको नापसम्बन्धी गरिएका अध्ययनहरूको नतिजा पनि आएका छन् ।

सो अनुसार केही विविधता भए पनि कङ्गोका पुरुषको जननेन्द्रिय ७.१ इन्च, इक्वेटर ६.९ इन्च, हल्यान्ड ६.२ इन्च, फ्रान्स ५.७ इन्च, बेलायत ५.५ इन्च, संयुक्त राज्य अमेरिका ५.१ इन्च, पाकिस्तान ४.८ इन्च, दक्षिण कोरिया ४.४ इन्च, जापान ४.३ इन्च, थाइल्यान्डको ४.० इन्च, भारत ४.० इन्च, उत्तर कोरियाका पुरुषको जननेन्द्रिय ३.८ इन्च लामो देखिएको छ ।

नेपालको सन्दर्भमा जननेन्द्रियको नापको तथ्यांक उपलब्ध नभएको कारणले यसै भन्न नसकिए पनि हाम्रो वरिपरिको देशका बासिन्दासँग वंशाणु वा जातीय तथा अन्य कतिपय कुरामा मिल्ने भएको हुनाले तुलना गर्न मनासिब नै होला भन्ने लाग्छ । उचित तरिकाले जननेन्द्रियको नाप लिनु जरुरी छ । तर कतिपय व्यक्तिलाई आफ्नो जननेन्द्रियको नाप सामान्य नै भए पनि सानो भएको जस्तो लाग्ने गर्दछ । यस्तो स्थितिलाई हामी स्मल पेनिस सिन्ड्रोम भन्ने गर्दछौं ।

जननेन्द्रिय कसरी नाप्ने ?

सर्वप्रथम नाप्नको आवश्यक सामग्री रुलर (स्केल) अनि नाप्ने फित्ताको व्यवस्था गर्नुहोस् । उत्तेजित जननेन्द्रियको नाप लिन सर्वप्रथम जननेन्द्रियलाई पूर्ण उत्तेजनामा ल्याउनुपर्छ । लम्बाइ नाप्नको लागि जननेन्द्रियको फेदमा फित्ता राख्नुहोस् र जघनास्थी मा थिचेर जननेन्द्रियको समानान्तर राख्दै मूण्डको टुप्पोसम्मको नाप लिनुहोस् । यही नै जननेन्द्रियको लम्बाइ हो । प्युबिक बोनमा राम्ररी नथिची नाप लिँदा विशेष गरेर मोटो व्यक्तिमा छालामा बोसो हुने हुँदा जननेन्द्रिय लम्बाइभन्दा छोटो लाग्न सक्छ ।

जननेन्द्रियको मोटाइ नाप्नको लागि लचिलो नाप्ने फित्ताले उत्तेजित जननेन्द्रियको बीचतिरको सबैभन्दा मोटो भागमा बेर्नुहोस् र नाप लिनुहोस् । यो नै जननेन्द्रियको मोटाइ हो । तपाईसँग लचिलो नाप्ने फित्ता छैन भने कुनै पातलो डोरीले यसरी नापी रुलरमा कति रहेछ भनेर पनि हेर्न सक्नुहुन्छ ।

कतिपय व्यक्तिले जननेन्द्रियको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर अनावश्यक चिन्ता गर्ने गर्दछन् । यस्तो स्थितिलाई अंग्रेजीमा स्मल पेनिस सिन्ड्रोम भनिन्छ । केही मानिसको भने जननेन्द्रिय साँच्चिकै सानो पनि हुन सक्छ । त्यस्तो स्थितिलाई अंग्रेजीमा माइक्रो पेनिस वा micro-phallus उजबििगक भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्