ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा महर्जन



 

नेपाल समाचारपत्र
ललितपुर
३१ मतको अन्तरले कृष्णलाल महर्जन ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ। शनिबार मध्यराति घोषणा गरिएको मत परिणामअनुसार महर्जनले ५८३ मत र उहाँका प्रतिस्पर्धी सविन श्रेष्ठले ५५२ मत ल्याउनुभएको हो। यसअघि २०६८ देखि २०७० सम्म संघको महासचिव हुनुहुन्थ्यो। २०७० सालमा अध्यक्षमा पराजित हुनुभएको थियो।

अध्यक्ष श्रेष्ठको प्यानलमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा रविन्द्रराज ताम्रकार बाहेक सम्पूर्ण पदाधिकारी र कार्यसमिति सदस्य अधिकांश निर्वाचित भएका छन्। त्यस्तै महर्जन प्यानलबाट उद्योगतर्फ र वाणिज्यतर्फ गरी दुई⁄दुई जना सदस्य निर्वाचित भएको थियो। वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएका भरतलाल जोशीले ३९९ मत ल्याएर निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धीद्वय महर्जन प्यानलका गजेन्द्रलाल श्रेष्ठले ३३७ मत, र श्रेष्ठ प्यानलका रविन्द्रराज ताम्रकारले ३५८ मत ल्याउनुभयो।

त्यसैगरी उद्योगतर्फ उपाध्यक्ष बालकृष्ण श्रेष्ठले ५८४ मत, उहाँका प्रतिस्पर्धी विश्वराज बज्राचार्यले ४९५ मत, वाणिज्यतर्फको उपाध्यक्षमा रूपकुमार शाक्यले ५६९ मत, उहाँका प्रतिस्पर्धी बालकाजी महर्जनले ५१७ मत पाउनुभएको छ। त्यस्तै संस्थागत उपाध्यक्षमा वीरेन्द्रलाल प्रधानले ५७३ र उहाँका प्रतिस्पर्धी श्याम तण्डुकारले ५२२ मत ल्याउनुभएको छ।

त्यस्तै महासचिवमा मनोजबहादुर न्याछयोंले ५६२ मत र उहाँका प्रतिस्पर्धी दीपेन्द्र शाक्यले ३५० मत र कोषाध्यक्षमा सचेन्द्रराज जोशीले सर्वाधिक मत पाउनुभएको छ। जोशीले ६४७ र उहाँका प्रतिस्पर्धी नारायणगोपाल श्रेष्ठले ४६२ मत पाउनुभएको छ।

त्यसैगरी उद्योगतर्फ श्रेष्ठ प्यानलबाट सुनील शाक्य ‘हान्ताई’ (२९६ मत), महर्जन प्यालनबाट सुसन महर्जन (२६२ मत), श्रेष्ठ प्यानलबाट मिलन शाक्य (२६१ मत), कृष्ण श्रेष्ठ (२५७ मत), महर्जन प्यानलबाट रमेश सिंह (२४७ मत ) र श्रेष्ठ प्यानलबाट श्रीजेशललाल शिल्पकार (२१६ मत) निर्वाचित हुनुभएको छ।

त्यसैगरी वाणिज्यतर्फ सदस्यमा श्रेष्ठ प्यानलबाट क्रमशः एक मात्र महिला उम्मेदवार लजना श्रेष्ठ (५९९ मत), भूमिनन्दन कर्माचार्य (५७८ मत), श्रेष्ठ प्यानलबाट रूपेन्द्रराज शाक्य (५३२ मत), महर्जन प्यानलबाट महेश श्रेष्ठ (५२९ मत), श्रेष्ठ प्यानलबाट सविनलाल प्रधान (५२१ मत), उसन बज्राचार्य (४८८ मत) र महर्जन प्यानलबाट रूपकमान महर्जन (४४६ मत) पाउनुभएको छ।

वस्तुगतबाट यसअघि नै राजेन्द्रकुमार श्रेष्ठ निर्विरोध हुनुभएको थियो भने एसोसिएटबाट राकेशभक्त मुल्मी (१२ मत) निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्