टीसीएलका टिभीको माग बढ्दो



 

काठमाडौं, (नेस)
अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै ठूलो टिभी ब्रान्ड टीसीएलका स्मार्ट टिभीको माग बजारमा बढेको कम्पनीले जनाएको छ। स्टाइलिस डिजाइन तथा गुणस्तरीयताले भरिपूर्ण टीसीएका टिभीको माग बढेकाले उपभोक्ता प्रतिक्षा गर्न बाध्य रहेको कम्पनीको दाबी छ। ग्राहकको क्षमताभित्र मूल्य रहेका टीसीएलका ३२ इन्चदेखि ६५ इन्चसम्मका टिभी अहिलेसम्म पनि धमाधम बिक्री भइरहेको कम्पनीको दाबी छ। तसर्थ, कतिपय टिभीका लागि ग्राहकले अग्रिम बुकिङ पनि गरिरहेको कम्पनीले जनाएको छ।

गुणस्तरीय उत्पादनसँगै टीसीएलले आफ्ना उपभोक्ताको चाहनालाई मध्यनजर गर्दै आकर्षक प्रस्ताव र योजना ल्याउने क्रममा यसपटक चाडपर्वलाई लक्षित गरी ‘हातमा हात्ती पकेटको साथी’ नामको योजना सञ्चालन गरिरहेको छ। नेपालका लागि टीसीएल टिभीको आधिकारीक बिक्रेता चौधरी गु्रपअन्र्तगत सिजी इलेक्ट्रोनिक्स प्रालि रहेको छ।

प्रतिक्रिया दिनुहोस्