बलात्कार आरोपमा सात महिनापछि पक्राउ



 

गुल्मी, (नेस)
गुल्मीको मदाने गाउँपालिका एक युवा बलात्कार आरोपमा पक्राउ परका छन्। जिल्लाको सिर्सेनीका २६ वर्षीय पदम नेपाली हाड नातामा पर्ने १७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए। नेपालीले गत वैशाख १३ गते बलात्कार गरेको प्रहरीले जनाएको छ।

युवती गर्भवती भएपछि पीडितपक्षले ७ महिनापछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन्। नेपालीले विभिन्न धाक धम्की दिई हाड नातामा पर्ने युवतीलाई बलात्कार गरेका थिए। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्