इतिहासविद् शाक्यको चित्रअंकित सिक्का निष्काशन



 

नेपाल समाचारपत्र
काठमाडौं
भिन्तुना गुठीले यसपटक इतिहासिविद् पण्डित हेमराज शाक्यको सम्मानमा उहाँको तस्वीर अंकित सिक्का निकालेको छ। सिक्काको राजधानीको असनस्थित दगुबहालमा आयोजित एक समारोहका बीच हालै कुमारीबाट साधारण जीवनमा फर्किनुभएकी मतिना शाक्यले लोकार्पण गर्नुभयो।

हरेक वर्ष नेपाल संवत् न्हुदँ (नयाँ वर्ष) को अवसरमा नेपाल भाषा साहित्य, संस्कृतिमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वको तस्वीर अंकित सिक्का निष्काशन गर्दै आएकोमा यसपटक सिक्का १५औं रहेको गुठीले जनाएको छ। नेपालभाषा, लिपिको साथै वौद्ध धर्म क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने व्यक्तित्व शाक्यको सम्मानमा सिक्का निकालेको गुठीका अध्यक्ष गोपालकृष्ण श्रेष्ठले बताउनुभयो।

समारोहमा प्रा. प्रेमशान्ति तुलाधरले शाक्यको भाषिक, साहित्यिक र इतिहासमा क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो। शाक्यका छोरा सुरेन्द्र शाक्यले चार चारजना राजाबाट विभिन्न तक्मा र उपाधि पाइसकेका आफ्ना पितालाई सिक्का निकालेर गरिएको सम्मान बेग्लै किसिमको रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्