करेन्ट लागेर सासू बुहारीको मृत्यु



वीरगन्ज, (नेस)
वीरगन्जको लक्ष्मणवामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। वीरगन्ज महानगर–१५ लक्ष्मणवामा आइतबार बिहान करेन्ट लागेर कान्ति देवी र उनकी बुहारी जागोदेवी सोनारको मृत्यु भएको हो।

घरमा रहेको चापाकलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटर चलिरहेका बेला चापाकल चलाउने क्रममा करेन्ट लागेर सासू–बुहारी दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि नेसनल मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै दुवै जनाको मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

प्रतिक्रिया दिनुहोस्