बुधवारदेखी डि.भिको पुन: नयाँ आवेदन खुल्ने,भरिसकेकाले पनि फेरी भर्नुपर्ने



नेपाल समाचारपत्र, काठमाडौ ।
खुलेको ५ दिन नहुँदै डाउन भएको डिभिको वेबसाइट अब आउने बुधवार बाट फेरी सुचारु हुने भएको छ । डि.भि आवेदन अब फेरी बुधवार देखिनै खुल्ने जानकारी अमेरिकि दुतावासले जानकारी गराएको छ । तर हजुरहरु कसैले पहिले नै भरिसक्नु भएको छ भने त्यो मान्य हुने छैन त्यसैले फेरी भर्नु पर्ने छ।

यदी हजुरहरु ले पहिलेनै रु २०० तिरेर भर्नु भएको थियो भने अब फरे पनि भर्नु पर्ने छ । यसको मतलब रु २०० मा हुने काम रु ४०० मा हुने मात्र भएको हो। दुतावासले पनि कन्सलटेन्सीमा नभर्न सुझाब दिएको छ । तेसैले घर मै बसेर डि.भि भर्नु नै उचित हुनेछ ।

डि.भि आबेदनको मात्र ३० दिन म्याद हुन्छ ,जस्मा ९ दिन बितिसकेको छ भने अब मात्र २१ दिन बाँकी छ र यसको म्याद थप हुनेछैन ।

त्यसैले आफ्नो सिट सुरछित गर्न जतिसक्दो चाडो भर्नु होला । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प यसको बिरुद्दमा छन , त्यसैले जतिबेला पनि बन्द हुन सक्ने कुरा दुतावासबाट जानकारी आएको छ ।

प्रतिक्रिया दिनुहोस्