हात धुने दिवस औपचारिकतामा सिमित



रामधन राई,खोटाङ ।
हरेक बर्ष मनाउने गरिएको बिश्व हात धुने दिवसलाई खोटाङमा औपचारिकतामा सिमित गर्ने गरिएको छ । हात धुने दिवस सर्बसाधारण केन्द्रीत हुनुपर्नेमा जिल्लाका केही बिशिष्ट ब्यक्तिहरुबीच औपचारिक कार्यक्रमको आयोजना गरी सम्पन्न गर्ने गरिएको हो ।

सन् २००८ देखि मनाउन शुरु गरिएको बिश्व हात धुने दिवसको अवसरमा आईतबार पनि जिल्ला अस्पतालमा एक औपचारिक कार्यक्रम आयोजना गरिएको छ ।

जिल्ला खानेपानी सरसफाई सब डिभिजन तथा जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा सम्पन्न दिवसको अवसरमा एक अन्र्तक्रिया कार्यक्रमको साथमा हात धुने तरिका प्रर्दशनी गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीको उपस्थितीमा सम्पन्न कार्यक्रममा स्वास्थ्यको लागि ‘हात धुने’ कुराको जानकारी महत्वपुर्ण रहेको बताईएको थियो ।

‘हात धुने’ दिवसलाई यदाकदा उपहास गरिए पनि राम्ररी हात धुने तरिका बारे थाहा पाए मात्र पनि धेरै रोगबाट बच्न सकिने स्वास्थ्यकर्मीहरुको भनाई थियो ।

सामान्यतया अनिबार्य हात धुने ब्यक्तिहरुबीचमा कार्यक्रमको आयोजना गरी औपचारिकतामा सिमित नगरी यसबारे सचेतना बिस्तार गर्न सर्बसाधारण समक्ष यस्तो कार्यक्रम पु¥याउनुपर्नेमा बक्ताहरुको जोड थियो ।

बिद्यार्थीले स्वयम दुतको रुपमा आफ्नो घरपरिवार तथा गाउँघरसम्म हात धुने तरिका र हात धुनुको महत्व बारे जानकारी फैलाउने हुनाले बिद्यालय स्तरमा यस्तो कार्यक्रम आयोजना गर्नु उपयुक्त हुने कार्यक्रममा सुझाब दिईएको थियो ।

कार्यक्रममा स्वास्थ्य सम्बद्घ ब्यक्ति, पत्रकार तथा केही बिरामी कुरुवा समेत सहभागी बनेका थिए । आईतबार दिनभर अस्पतालमा आउने बिरामी कुरुवालाई हात धुने तरिकाबारे ब्यवहारिक जानकारी गराउने अस्पतालका प्रमुख डाक्टर रामबहादुर केसीले बताउनुभयो ।

डाक्टर केसीका अनुसार जिल्लाका सबै स्वास्थ्य संस्था तथा केही बिद्यालयमा यस सम्बन्धी कार्यक्रम गरी सचेतना बिस्तार गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्