भारतमा लगातार धर्मगुरुको कुकर्म:अर्का धर्मगुरुद्वारा १९ वर्षीया युवती बलात्कृत



नयाँदिल्ली । भारतमा एक पछि अर्का धर्मगुरु बलात्कारको अभियोगका प्रक्राउ परिरहेका छन् । हालै एक जना धर्मगुरुलाई १९ वर्षीया युवती बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको छ ।

४५ वर्षीय जैन धर्मगुरु शान्तिराज महाराजमाथि १९ वर्षीया ती युवतीले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनलाई गुजरात प्रहरीले पक्राउ गरेको बताइएको छ ।

प्रहरीले ती युवतीको स्वाथ्य जाँच पनि गराएको र स्वास्थ्य जाँचका क्रममा बलात्कार भएको देखिएपछि पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।

उनले आफ्ना बाबु आमासँग नानपुरा टिमलियावाडस्थित मन्दिरमा जाँदा बाबुआमालाई बाहिर राखेर आफूलाई भित्र लगी बलात्कार गरेको आरोप लगाएकी छन् । केही समय अघि भारतीय धर्मगुरु राम रहिम पनि बलात्कारको अभियोगमा पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्