फूल खेतितर्फ होमिदै यूवा व्यवसायी दुर्गा, आम्दानी सबै समाज सेवामा लगाउने धोको



प्रशान्त वली,काठमाडौं ।
अरनिको राजमार्गदेखि ५ किलोमिटरभित्र अवस्थित काभ्रे जिल्ला बनेपा नगरपालीका वडा नम्बर ३ नाला भन्ने स्थानमा यूवा व्यवसायि दुर्गानाथ दाहालले सयपत्रि फुलको खेति गर्नुभएको छ ।

शनिबारको समयलाई सदुपयोग गर्दै शान्त स्थानमा साढे दुई रोपनि जग्गामा सयपत्रिको फुल लगाउनुभएको हो । थाईल्याण्डबाट २० ग्राम बिउ मगाएर आफ्नै जग्गामा करिब १५ हजार रुपिंयाको लगानिमा सयपत्रिको फूल लगाउनुभएको हो । दाहाल बिभीन्न सामाजिक संघ संस्थामा आबद्ध हुनुका साथै फेन्सी व्यवसाय पनि गर्दै आउनुभएको छ ।

उहाँले भन्नुभभो, – ‘ फूलबाट आम्दानि भएको रकम सामाजिक क्षेत्रमा लगानी गर्ने ध्ययले फुल व्यवसाय गरेको हुं । थुपै्र यूवाहरु बारी बाँझो राखेर बिदेश जान्छन् । घरमा फुर्सदको समय केहि नगरेरर विताउने यूवालाई प्रेरणा मिलोस । काम गरेर सानो भईदैंन भन्ने उद्धेश्यले फूल व्यवसायलाई आत्मसाथ गरेको हुं ।’

हजारौं सयपत्रि लगायतका फूलहरु चाडपर्वको समयमा भारतबाट नेपाल भित्रीने गरेको भन्दै नेपाल फूलमा आत्मनिर्भर हुन सक्ने त्यसका लागि मिहीनेतको आवश्यक पर्ने व्यवसायी दाहालको भनाई छ । सो फूल घरमा पुजाआजाका लागि र तिहार लक्षीत भएको धारणा राख्नुभयो ।

फूल व्यवसायी यसोशियसनले साढे २ करोडको फूल बिदेशबाट आयात गर्दैछ । भारतबाट बर्षेनि फुल आयत गर्दा नेपाली फूलको बजारमा प्रत्यक्ष असर पर्ने गरेको छ । जसका कारण नेपाली किसानहरु फूल खेति तर्फ आकर्षित हुन नसकेको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्