३ सय ९६ करोडमा बिक्यो यो कचौरा !



हंङकङमा हालै एउटा कचौरा झण्डै ४ अर्ब रुपैयाँमा लिलाम भएको छ । कचौराको मूल्य ९३८ मिलियन डलर० ३ सय ९६ करोडमा लिलामी भएको हो । यो सामान्य खालको कचौरा होइन ।

यो एक हजार वर्ष पुरानो कचौरा हो । चीनको सांग राजवंशले प्रयोग गरेको यो कचौरा मंगलबार हंङकङमा रेकर्ड कायम गर्दै लिलाम गरिएको छ । खरिदकर्ताले आफ्नो परिचय गोप्य राखेका छन् ।

सोथबे अक्सन हाउसका अनुसार, लिलाममा राखेको २० मिनेटमै उक्त दुर्लभ कचौरा बिक्री भएको हो । केही मानिसले फोनमार्फत बोली लगाएका थिए भए केही त्यही उपस्थित थिए । यो सानो कचौराको आकार १३ सेन्टिमिटरको छ र यो नीलो–हरियो रंगको छ ।

कचौराको महत्वको अनुमान यतिखेर लगाउनसकिन्छ कि यसको सुरुवाती बोली १०।२ मिलियन डलरबाट शुरु गरिएको थियो । यसअघि सन् २०१४ मा चीनका मिंग राजवंशले प्रयोग गरेको रक्सीको प्याला ३६ मिलियन डलरमा विकेको थियो ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्