कस कसले मनाए दुई पटक सुहागरात !



काठमाडौं । नेपालमा दोस्रो विवाह गरेका सेलिब्रेटीहरुको बारेमा यहाँ लेखीएको छ ।
हरिवंश आचार्य

बाध्यताले गरेको भएपनि दोस्रो विवाह गर्ने कलाकारमा पर्छन् हरिवंश आचार्य पनि । पहिलो श्रीमती मीराको निधन भएपछि कलाकार हरिवंश आचार्यले बुटवलकी रमिला पाठकसँग दोस्रो विवाह गरेका हुन् । ५४ वर्षको उमेरमा हरिवंशले रमिला पाठकसँग २०६९ सालको असारमा विवाह गरेका हुन् । यी दुईको विवाहमा लमीको काम अभिनेत्री बसुन्धरा भुषालले गरेकी थिईन् । रमिला र हरि दुवैको दोस्रो विवाह हो । पहिलो विवाहबाट रमिलाका एक छोरा छन् भने हरिका दुई छोरा छन् । अहिले रमिलाका छोरा अस्ट्रेलियामा ईन्जिनियरिङ गरिरहेका छन् । त्यस्तै हरिवंशका दुईवटा छोरा मध्ये जेठा छोरा त्रिलोक अमेरिकाको गुगल कम्पनीमा कार्यरत छन् । कान्छा छोरा मोहित नेपालमै व्यवसाय गरेर बसेका छन् ।

सचिंता लुईटेल


विवाह जस्तो कुरामा हतारमा निणर्य गरेर फुर्सदमा पछुताउने नायिका संचिता पनि हुन् भन्ने गरिन्छ सिने उद्योगमा । सिने उद्योगमा संचिताको प्रवेश हुँदा धेरैले भन्थे पढे लेखेकी नायिका बल्ल सिने उद्योगले पायो । तर संचिताबाट आशा गरेको जस्तो फल शुभ चिन्तकले पाएनन् । व्यावसायिक करियरमा उदाउँदै गर्दा उनले आकाश साहसँग लगनगाँठो कस्ने निणर्य गरिन् । यसमा उनको खुशी थियो होला तर भन्नेहरु भन्थे यो हतारको निणर्य थियो । विवाह पछि पनि संचिता सिने उद्योगमा त्यत्ति जम्न सकिनन् । दुई जना बीचको सम्बन्धको कुरा अरुलाई के थाहा, आकाश र संचिताले पनि अलग हुने निणर्य कानूनी रुपमै पूरा गरे । आकाश थप अभिनय सिक्न मुम्बैतिर लागे । संचिताको मनले साथी खोज्न थाल्यो । सिने उद्योगमा सिनेमा अप्सराबाट डेब्यु गरेकी संचिताले निखिलको अंगालो रोजिन् । निखिल आफै पनि विवाहित हुँदा हुँदै संचिताको माया प्रेमका पागल भए । सिनेमाको पर्दामा जस्तै उनीहरुले पनि नयाँ घर बसाले । निखिलसँगको विवाह पछि दुई सन्तानकी आमा बनेकी संचिता अहिले सिनेमामा फर्किईसकेकी छिन् ।

निखिल उप्रेती

नेपाली कथानक चलचित्रहरुको एकक्षत्र राज भईरहेका बेलामा सिने उद्योगमा निखिलको प्रवेशसँगै सिनेमाहरु भयानक हुन थाले । कथानकको सट्टा भयानक चलचित्रहरु एका एक हिट हुन थाले । भुवन के।सि राजेश हमालको सट्टा दर्शक र निमार्ताले निखिललाई रोज्न थाले । एक समय यस्तो थियो दर्शकहरु निखिल उप्रेती बिनाका एक्सन सिनेमा के सिनेमा रु भन्थे । आफ्नो अभिनय र एक्सनबाट सबैको मन जितेका थिए निखिल उप्रेतीले । दर्शक, निमार्ता र निर्देशकले उनलाई रोजे रोजे एउटै क्षेत्रमा काम गर्ने नायिकाले पनि जीवन साथीको रुपमा उनैलाइै खोजे पछि निखिल पनि अलमल्लमा परे । पर्दामा धेरै जनासँग नाटकिए प्रेम गरेका उनले संचितासँग पर्दा बाहिर पनि प्रेम गर्न थाले । घरमा माया गर्ने श्रीमती र उत्तराधिकारीमा रुपमा छोराको बाउ भैसकेका निखिल संचिताको प्रेमजालबाट बाहिर निस्कन सकेनन् । उनीहरु दुवैले दोस्रो विवाह गर्ने निणर्य गरे । पहिलो बिवाहको कानूनी हैसियत यथावत हुँदा हुँदै अर्को विवाहमा गाँसिएका निखिल हाल दुवै श्रीमतीलाई उत्तिकै माया गर्छन् ।

शिव श्रेष्ठ

अभिनेता शिव श्रेष्ठले पनि दुई पटक विवाह गरे । उनले पहिलो पटक २०२८ सालमा गंगादेवी श्रेष्ठसँग विवाह गरेका थिए । पहिलो दाम्पत्य जीवन असफल भएपछि उनले चितवनकी सृजना श्रेष्ठसँग दोस्रो विवाह गरे । पहिलो विवाहबाट चार छोरी र एक छोरा भएका शिव दोस्रो विवाहबाट पनि एक छोराका पिता बनेका छन् । चाखलाग्दो कुरा उनलाई दोस्रो विवाहले पनि मन भरिएन । यहि कारण उनी दोस्रो श्रीमती हुँदाहुँदै भक्तपुरकी एक युवतीसँग प्रेममा परेका थिए । उनको यो प्रेमले नेपाली सिने जगतमा केही वर्ष अघि निकै तहल्का मच्चाएको थियो ।

छविराज ओझा

निर्माता छविराज ओझाले पनि जीवनको चार दशकमा १८ वर्ष कान्छी रेखा थापासँग दोस्रो विवाह गरे । तर धेरैले छविको रेखासँग तेस्रो विवाह हो पनि भन्छन् । तर यी दुईको वैवाहिक सम्बन्ध टिक्न सकेन । विवाहको दश वर्षमा यी दुई एकअर्कासँग अलग पनि भईसकेका छन् । छविले नेपाली सिनेमामा कलाकार भित्र्याउने निर्माताको रुपमा आफूलाई स्थापित गरेका छन् । रेखा थापालाई पनि उनैले सिनेमामा प्रवेश गराएका हुन् ।

पवन मैनाली

५२ वर्षिय कलाकार तथा निर्माता पवन मैनाली पनि यहि वर्ष बैशाख ११ गते दोस्रो पटक विवाह बन्धनमा बाँधिए । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् । दर्जनौँ सिनेमामा अभिनय गरेका पवनले सिनेमा ‘पिंजडा’ निर्माण गरेर निर्माताको रुपमा पनि आफूलाई चिनाएका छन् । एक पटक सिनेमा ‘दिदी बहिनी’को छायांकनको समयमा दुर्घटनामा परेर घाइते भएका मैनाली त्यस समयदेखि राम्रोसँग हिड्न र बोल्न सक्दैनन् । यहि कारण उनी केही समय अघि देखि एक बृद्धाआश्रममा बस्दै आएका थिए । लक्ष्मीसँग विवाह गरेपछि भने उनी कपनस्थित घर फर्किएका छन् ।

पूजा चन्द

निर्देशक सुरज चन्दसँग विवाह गरेर छोरी जन्माई सके पछि मात्रै पूजा चन्द सिने उद्योगमा नायीकाको रुपमा उदायिन् । तत्कालिन समयमा उनी सिने उद्योगकी चल्तिको नायिका थिईन् । सुरजसँगको बैवाहिक सम्बन्ध पनि ठीकै थियो । अभिनयमा राम्रै छाप छोडेकी अभिनेत्री पूजा चन्द अचानक कार्यक्रमको सिलसिलामा अमेरिका उडिन् । पूजाले अमेरिकामै लामो समय बस्ने निणर्य गरेसँगै सुरजसँग सम्बन्ध पनि चिसियो । अनि उनीहरु कानुनी रुपमै अलग भए । पूजा अमेरिका कै दैनिकिमा रमाउन थालिन । सुरज तिरबाट जन्मिएकी छोरीलाई पनि उनले सँगै अमेरिका लगिन् । अमेरिकामै बसोबास गर्ने क्रममा अमेरिकामै बसोबास गरिरहेका गायक राजु लामाको प्रेममा परिन् पूजा । दुवैको मन मिलेपछि पूजाले राजुसँग दोस्रो विवाह गरिन् । नेपाली सिनेमा हाम्रो सानो घर होला, शहर, वर पीपल जस्ता चर्चित सिनेमामा पूजाको अभिनय छ ।

सिम्पल खनाल

मोडलिङमा आफ्नो नामलाई चर्चित बनाए पछि सिम्पल खनालले म्युजिक भिडियो निर्देशक प्रशन्न पौड्यालसँग लगन गाँठो कसिन् । नाम सिम्पल भए पनि मोडलिङमा ग्लामर देखिने उनी पेशामा सजिलै सफल भईन तर पहिलो घरजममा जम्न सकिनन् । सिम्पलको पहिलो विवाह लामो समय टिक्न सकेन । धेरै शुभ चिन्तकलाई अचम्म बनाउँदै म्युजिक भिडियो निर्देशक प्रशन्न पौड्यालसँगको बैवाहिक सम्बन्ध सिम्पलले अन्त्य गरिन् । प्रशन्नसँग पहिलो विवाह गरेकी सिम्पलको सम्बन्ध विच्छेद भएपनि व्यावसायिक कामलाई भने अघि बढाईन् । देखेको हुँदैन लेखेको हुन्छ भने जस्तै सम्बन्ध बिच्छेदको केही वर्षमै सिम्पलको जीवनमा नयाँ बहार आयो । उनले भारतीय मुलका व्यापारी नदिनलाई नयाँ जीवन साथी रोजिन् । सिम्पलले माझी दाई, अध्याय जस्ता सिनेमामा पनि काम गरेकी छिन् ।

शकंर बि.सी

दक्षिण भारतमा रजनिकान्त, बलिउडमा अमिताभ, कलिउडमा राजेश हमाल को उचाई , ख्याति र सम्मान जस्तो छ लगभग त्यस्तै पहिचान नेपाली लोक गीत संगीतको बजारमा शंकर बि।सिको पनि छ । पेशामा जति सफल र खुशी शंकर छन् पारिवारिक जीवन त्यस्तो छैन । नाच्न नचाउन उनी जति खप्पिस छन् महिलासँगको अतिरिक्त सम्बन्धमा पनि उनी खप्पिस नै छन् । त्यसैले एक भन्दा बढी विवाह गर्ने सेलिब्रेटिमा उनको पनि नाम छुट्दैन । पहिलो विवाह गरेर श्रीमतीलाई नेपालगंज तिरै व्यवस्थित घरबार बसालेका शंकरको नाम धेरै जनासँग जोडिए पनि निशा सुनारसँग चैं लगनगाठो नै कसियो । निशा लोक गायीका हुन् र लोकगीतको मोडलिंगमा व्यस्त हुँदै गर्दा उनीहरुको प्रेम मौलाएको बुझिन्छ । शंकर र निशाकी एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्