‘एमाले उपाध्यक्ष बामदेव गौतम सांसदका लागि अयोग्य’



काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टी उपाध्यक्ष बामदेव गौतम साँसदका लागि अयोग्य भएको सामाजिक सञ्जालमा लेखेका छन । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश पोखेका हुन ।

२०७० सालको संविधानसभा निर्वाचनमा प्यूठान–१ बट निर्वाचित गौतमप्रति संसदको कार्यकाल सकिए लगत्तै थापाले फेसबुक मार्फत यस्तो आक्रोस पोखेका हुन । प्यूठान सौतामारे घर भएका थमपाले संसदको चार वर्षे कार्याकाल सकिएकामा गौतमलाई बधाईसमेत दिएको उल्लेख गरेका छन ।

थापाले आफूले ८४ दिनसम्म निर्वाचन प्रचारमा खटिएर गौतमलाई जिताएकोमा पश्चात्ताप नभए पनि गौतम सांसदका लागि योग्य नभएको आरोप लगाएका छन । यद्यपि पार्टीका उपाध्यक्षलाई जिताएर आफूले कुनै गल्ती नगरेको थापाको फेसबुकमा उल्लेख गरेका छन ।

प्रतिक्रिया दिनुहोस्