हलिउड बलिउड



भारतीय संस्कृति हरायोः आशा पारेख

करिब दुई दशकसम्म भारतीय फिल्मको पर्दामा राज गरेकी एक जमानाकी प्रसिद्ध अभिनेत्री आशा पारेखले हिन्दी फिल्मको भारतीय संस्कृतिसँगको सम्बन्ध छुटेको बताएकी छिन् । कटी पतंग, आया सावन झूम के र कारवांजस्ता फिल्ममा काम गरेकी अभिनेत्री आशाले अचेलका फिल्मका गीत र नृत्यमा पुराना फिल्ममा जस्तो सांस्कृतिक प्रभाव नरहेको बताएकी छिन् । उनले बलिउडका नृत्यमा भारतीय नृत्यको छाप नरहेको गुनासो गरेकी छिन् । उनले रिमिक्सले आफ्नो गीत काँटा लगालाई बरबाद गरिदिएको बताएकी छिन् । उनले प्राविधिक रूपमा धेरै राम्रो देखिएको र बलिउडले हलिउडसँग टक्कर लिन सक्ने देखिए पनि भारतीय फिल्म निकै पश्चिमीकरण हुँदै गइरहेकोमा दुःख व्यक्त गरेकी छिन् । हालै उनको आत्मकथा द हिट गर्ल सार्वजनिक भएको छ ।

जेन्नरले फेरि किनिनन् घर

अधिकांश १९ वर्षीय किशोर किशोरी कि छात्रवास वा मातापिताको घरमा भेटिन्छन् । चर्चित टेलिभिजन सो किपिङ अप विथ दि कार्डसियनका स्टार किली जेन्नरले भने हालै १२ हजार वर्गफिटमा फैलिएको तेस्रो घर किनेकी छिन् । उनको यो अमेरिकाको लस एन्जेल्समा भने दोस्रो घर हो । हिडन हिल्स नजिकको यो घर उनले झन्डै ४५ लाख डलरमा किनेकी हुन् । चार शयनकक्ष र चार बाथरुमयुक्त सो घर उनले शृंगार सामग्रीको व्यापारका लागि प्रयोग गर्ने इन्टरटेन्मेन्ट वेवसाइट टीएमजेडले जनाएको छ । उनले कामबाट केही क्षण विश्राम लिँदा त्यहाँको पुल र ज्याकुज्जीमा रमाइलो गर्न सक्छिन् । उनको हिडन हिल्स नजिकको अर्को ६० लाख २५ हजार डलर पर्ने घर किन्ने योजना छ । सो क्षेत्रमा जेनिफर लोपेज, मिली साइरस जेस्सिका सिम्पसनजस्ता थुप्रै सेलेब्रिटीलगायत उनकी दिदी किम कार्डसियन वेस्ट र भिनाजु कान्ये वेस्टको पनि घर छन् । उनी अरू घर भने बेच्ने तर्खरमा रहेको समाचारमा जनाइएको छ ।

माहिरा शाहरूखसँग फिल्म खेलेर निराश

बलिउडका बादशाह मानिने शाहरूख खानसँग काम गर्न पाए पनि माहिरा खान अझै दुःखी छिन् । हालै रिलिज भएको फिल्म रइस पाकिस्तानमा रिलिज नभएकाले उनी चिन्तित बनेकी हुन् । उनले आफ्नो असन्तुष्टि पोख्दै भनेकी छिन्– ‘शाहरूख खानसँग प्रमुख भूमिकामा काम गर्न पाउने म पहिलो भाग्यमानी पाकिस्तानी अभिनेत्री हुँ । तर मेरो सफलता र लोकप्रियतामा खराब आँखा लागेको महसुस भइरहेको छ । त्यही नराम्रो आँखा लागेर त रइस अहिलेसम्म पाकिस्तानमा रिलिज हुन सकेको छैन । तर खुसीको कुरा केही दिन अघिदेखि मात्र पाकिस्तानी हलहरूमा फेरि हिन्दी फिल्म चल्न थालेको बताइएको छ ।’ माहिराले आफूले पाकिस्तानी फिल्मलाई पहिलो प्राथमिकता दिने गरेको पनि बताएकी छिन् ।

दीपिकालाई हतारो छैन बिहेको

एक्सएक्सएक्सः रिटर्न अफ ज्यान्डर केज नामक फिल्ममार्फत् हलिउडमा डेब्यु गरेकी भारतीय अभिनेत्री दीपिका पादुकोण रणवीर सिंहसँगको प्रेम सम्बन्धको कारण बारम्बार चर्चामा आइरहने गर्छिन् ।

जनवरीको फिल्फेयर पत्रिकाको अन्तर्वार्तामा उनले आफ्नो मनको कुरा खुलेरै राखेकी छिन् । लामो समयको प्रेम प्रसंगबारे जवाफ दिँदै उनले भनेकी छिन्– ‘मैले कहिल्यै लामो सम्बन्ध गाँसेकी छैन । कुनै पनि सम्बन्धमा सरोकार राख्ने मानिसहरुका अनुसार सम्बन्ध गार्हो वा सजिलो हुने गर्छ ।’

३१ वर्षीया दीपिकाले आफूलाई विवाहको कुनै हतार नभएको पनि बताएकी छिन् । साथै उनले विवाहको उमेरसँग कुनै सम्बन्ध नरहने, बरु त्यसको सम्बन्ध मनस्थितिसँग हुने पनि बताएकी छिन् ।

साइरस नांगिइन्


पेपर नामक एक पत्रिकाका लागि मिली साइरस हालै नाँगिएकी छिन् । लुगा खालेर उनले यस पत्रिकाको मुख र भित्री पृष्ठका लागि फोटोसुट गराउने क्रममा गोप्य अंग र गुप्तांग वरपरका रौंमा गुलावी रंग लगाएकी छिन् ।

गायिका साइरसले अर्की ३४ वर्षीया गायिका किम कार्डसियनको अनुसरण गरेकी हुन् । कार्डसियान सन् २०१५ को सोही पत्रिकाका लागि नांगिएकी थिइन् । क्लोजअपबाट हेर्ने हो भने पेन्ट गरिए पनि साइरस पूर्णतया नग्न देखिन्छिन् । लामो समयदेखि स्तनको पूर्ण भाग देखाउन पाउनुपर्छ भन्ने महिलाहरूको अभियानका लागि आवाज उठाउँदै आएकी २२ वर्षीया साइरसले विभिन्न पोजमा यसरी तस्वीर खिचाएकी हुन् ।

जोय बाल्यकालमा पीडित इइ बाफ्टा स्टार अवार्डका लागि मनोनयनमा परेकी आन्या टेलर जोय स्कुलमा साथीहरूबाट नै हायल कायल हुने गरी हतोत्साहित पारिएपछि किशोरी अवस्थामा लन्डन छाड्न बाध्य भएको तथ्य सार्वजनिक भएको छ । फ्लोरिडामा जन्मेकी तथा शुरूको बाल्यकाल अर्जेन्टिनामा बिताएकी उनी ६ वर्षको उमेरमा लन्डन पुगेकी थिइन् । लन्डनका विभिन्न प्रतिष्ठित स्कुल पढ्ने क्रममा आफूले बेलायती, अर्जेन्टिनी र अमेरिकी कुनैको पनि सही पहिचान दिन नसकेकाले निकै अप्ठ्यारोमा परेको ब्रिटेनको इएस म्यागजिनलाई बताएकी छिन् । उनले आफूलाई साथीहरूले जिस्काउने, दराजमा थुन्ने, कक्षामा छिर्न र अन्य गतिविधिमा भाग लिन नदिने गरेको खुलाएकी छिन् ।

हालै मात्र हरर फिल्म द विच र मोर्गनबाट २० वर्षीया जोयले दर्शकलाई प्रभावित पार्न सफल भएकी छिन् । उनको एम नाइट स्यामालन र थ्रिलर स्प्लिट चाँडै नै रिलिज हुन लागेको छ ।

माधुरीले सम्झिइन् विनोदलाई


हालै मुम्बईमा चर्चित कोरियोग्राफर टेरेस लुइसद्वारा निर्देशित इन्डो कन्टेम्पररी डान्स फेस्टिभल जुगनीमा मुख्य अतिथि आफ्ना पति डा. श्रीराम नेनेसँग उपस्थित हुने क्रममा माधुरी दीक्षितले आफ्ना केही फिल्मका सहकलाकार स्व. विनोद खन्नालाई सम्झेकी छिन् । एबीपी न्युजका संवाददाताले सोधेको एक प्रशनको जावाफमा विनोद खन्नालाई सम्झिँदै माधुरीले भनेकी छिन्– ‘विनोदजी निकै राम्रो कलाकार थिए । उनी उत्कृष्ट अभिनेताहरूमध्ये एक थिए । उनीसँग काम गर्दा म निकै सानै थिएँ । म प्रायशः सेटमा उनको काम निकै ध्यान दिएर हेर्ने गर्दथें । हाम्रो पिँढीले उनीसँग काम गरेर धेरै कुरा सिकेका छौं । उनको निधनबाट निकै दुःखी छु ।’ माधुरीले विनोदसँग जमिन, महासंग्राम र दयावानजस्ता केही फिल्ममा काम गरेकी थिइन् । दयावानमा उनको विनोदसँगको चुम्बन दृश्यको निकै चर्चा भएको थियो । तर पछि माधुरीले उक्त सिनका लागि अफसोच व्यक्त गरेकी थिइन् ।

ऋषि कपूरको खुलमखुला

बलिउड फिल्म उद्योगसँग आबद्ध प्रतिष्ठित कपूर खानदानका ६४ वर्षीय ऋषि कपूरले हालै वदोदरा साहित्य महोत्सवमा सरिक हुने क्रममा आफ्नो २५ वर्ष लामो फिल्मी करियरको पहलो इनिंग्स गाएर र नाचेर मात्र बिताएको तथा खुलाएका छन् ।

सन् १९७३ मा बबि फिल्मबाट आफ्नो करियर शुरू गरेका उनले अग्निपथ, डि–डे र कपूर एन्ड सन्सलगायत थुप्रै फिल्ममा जीवन्त अभिनय गरेका छन् । ‘जुनसुकै विषयमा आफ्नो धारणा राख्ने अधिकार जोसुकैसँग छ । म पनि कर तिर्ने यो समाजको एक सामान्य सदस्य हुँ । त्यसैले मैले पनि आफ्नो धारणा ट्विट गर्दछु । त्यसलाई मन पराइन वा विरोध गरिन पनि सक्छ’, आफ्नो ट्विटर अनुभवबारे उनले भनेका छन्– ‘मैले लेखेको खुलमखुला नामक पुस्तकमा एक्सन फिल्मको जमानमा पनि रोमान्टिक हिरो बनेर कसरी टिकें भन्ने उल्लेख गरेको छु । उनले अहिलेको फिल्म उद्योगमा प्रविधिको सबैभन्दा ठूलो हात रहेको पनि बताएका छन् ।


कार्डसियन तेस्रो सन्तानका लागि इच्छुक


हलिउड स्टार किम कार्डसियनले कान्ये वेस्टबाट तेस्रो सन्तान जन्माउने इच्छा राखेको बताएकी छिन् । तर रियालाटी स्टार ३६ वर्षीया उनले डाक्टरहरूले आफूलाई अर्को सन्तान पाउनु स्वास्थका लागि सुरक्षित नभएको सल्लाह दिएको पनि खुलासा गरेकी छिन् । किपिङ अप विथ द कार्डसियन्स नामक टेलिभिजन रियालिटी सोको प्रोमोमा उनले आफ्ना दुई सन्तानका लागि अर्को साथी ल्याइदिने योजना रहेको खुलासा गरेकी हुन् । यसअघिका रियालिटी सोमा उनले आफूले दुई सन्तान जन्माउन ठूलो कठिनाइ भोगेको बताएकी थिइन् । उनकी आमा क्रिस जेन्नरले क्लिपमार्फत् उनलाई ज्यान जोखिममा राखेर कुनै काम गर्न नदिने बताएकी थिइन् । किमको अहिले तीन वर्षीया छोरी नर्थ र एक वर्षीय छोरा सेन्ट छन् ।

प्रतिक्रिया दिनुहोस्