सेलिब्रेटी राज



रश्मी थापा

उमेर बढ्दै जाँदा मानिसको शरीर र अनुहारमा उमेर अनुसारको परिवर्तन देखिनु स्वाभाविक हो । आम मानिसमा सजिलै उमेरअनुसार परिवर्तनको रेखा देखिन्छ । आमा भएपछि महिलाको रूप फेरिन्छ । सेलिब्रेटीहरू भने उमेर बढ्दै जाँदा होस्, या आमा भएपछि नै किन नहोस्, झन् सुन्दर बन्दै गएको महसुस गरिन्छ । केही सेलिब्रेटीलाई हेर्दा लाग्छ उमेर बढ्दै जाँदा पनि आफ्नो शरीरलाई राम्रो ध्यान दिन सकेको अवस्थामा बढ्दो उमेरको असरलाई कम गर्न सकिन्छ ।

फिल्म कान्छीमार्फत् नेपाली रजतपटमा देखिएकी अभिनेत्री शर्मिला मल्ल उमेर बढ्दै जाँदा मात्र होइन, आफ्नो शरीरलाई फिट राख्नका लागि सानै उमेरदेखि नै विभिन्न कुरामा विचार पुर्याउनुपर्ने बताउँछिन् । ‘मैले योग गर्न थालेको २० वर्ष भयो । पहिले पहिले त धेरै समय गर्थें । हिजोआज आधा घण्टादेखि ४५ मिनेटसम्म गर्छु । पहिलेपहिले एरोबिक जाने गर्थें तर अहिले जान छोडेको छु’, शर्मिला सुझाउँछिन्– ‘खानपानमा पनि ध्यान दिनुपर्छ । पहिले मेरो चिया धेरै पिउने बानी थियो, अहिले पिउँदिनँ । १२ बजेतिर खाना खान्छु । खानामा ब्राउन राइस प्रयोग गर्छु । बेलुका ६ देखि ७ बजेसम्ममा रोटी तरकारी खान्छु । सादा खानपान अपनाउँछु ।’ उमेर बढ्दै जाँदा आफूमा आउने परिवर्तनलाई रोक्न विशेष केही नगरेको उनले दाबी गरिन् । ‘मेरो खासै मेक अप गर्ने बानी छैन । घर बस्दा केही नै गर्दिनँ । बाहिर जाँदा हल्का मेक अप गर्छु । हल्का मेक अपले सुन्दरता बढाएको महसुस गर्छु । बिहानबेलुका अनुहार सुख्खा नहोस् भनेर मोस्चराइजरको प्रयोग गर्छु’ –शर्मिलाले आफ्नो सुन्दरताको राज खोल्दै भनिन् ।

बच्चा पाएपछि महिलाको उमेर गयो र बुढी भयो भन्ने नै हुँदैन । यदि कसैले १६ वर्षको उमेरमा बच्चा जन्मायो भने उस्को उमेर गयो र ढिलो उमेरसम्म बच्चा जन्माएन भने उसलाई योङ नै छ भन्न मिल्दैन ।

लामो समयको अन्तरालपछि फेरि रजतपटमा प्रवेश गरेकी नायिका सञ्चिता लुइँटेल दुई छोराछोरीलाई हुर्काएर जतपटमा फर्किन् । तर उनले आफ्नो सुन्दरतालाई पहिलेको तुलनामा अलिकति पनि घट्न दिएकी छैनन् । उनीमाथि एकातिर छोराछोरीको हेरचारमा ध्यान दिनुपर्ने अवस्था छ भने फिल्म क्षेत्रका लागि पनि उत्तिकै समय छुट्याउनुपर्ने हुन्छ । उनको सोचमा मानिस कस्तो बन्ने भन्ने कुरा आफैंमा निर्भर हुन्छ । भन्छिन्– ‘कुनै पनि महिलाको बच्चा पाएपछि उमेर गयो र बूढी भयो भन्ने नै हुँदैन । यदि कसैले १६ वर्षको उमेरमा बच्चा जन्मायो भने उस्को उमेर गयो र ढिलो उमेरसम्म बच्चा जन्माएन भने उसलाई योङ नै छ भन्न मिल्दैन । यङ बेला नै जन्माउँदा बच्चाहरू पनि हुर्किंदै जान्छन् र आफ्नो शरीर पनि सन्तुलित हुन्छ । ढिला बच्चा जन्माउँदा आफूलाई मेन्टन गर्न गाह्रो हुन्छ । आफू कस्तो देखिने भन्ने कुरा आफैंमा डिपेन्ड गर्छ’, सञ्चिताले सुनाइन्– ‘बच्चा जन्माएपछि आफ्नो शरीरलाई त्यहीअनुरूप मेन्टन गर्नुपर्छ । म बच्चाकी आमा भएँ । अब केही गर्नु नै छैन भनेर केयरलेस गर्दा शरीर बिग्रन सक्छ ।

फिट देखिन त्यही अनुसार व्यस्त रहे र मेन्टन गरे शरीर पनि सन्तुलित रहन्छ । म आफैं पनि बच्चाहरूकै लागि धेरै समय खर्चिरहेको हुन्छु। यसले नै मलाई एक्सरसाइज दिएको हुन्छ । फिटनेसका लागि जिम पनि जान्छु । तर महत्वपूर्ण कुरा आफूलाई फिट राख्नका लागि हरेक समय केही न केही काममा व्यस्त राख्नुपर्छ । शरीर र दिमाग दुवैलाई व्यस्त राख्न सकियो भने अनावश्यक कुराहरू दिमागमा रहन पाउँदैन । जसले गर्दा तन र मन दुवै स्वस्थ हुन्छ । कुनै पनि मानिसको उमेर बढ्दै जाँदा उस्को स्किन कुन उमेरमा कति ग्लो हुने र कुन समयमा अलि कम हुँदै जाने भन्ने कुरामा मात्र फरक हो । मानिस उमेर बढेपछि एकदमै फरक हुने भन्ने होइन । तर आफ्नो ग्लो मेन्टेन गरेर आफूलाई सुन्दर देखाउन सकिन्छ ।’

अभिनयसँगै सौन्दर्यको मामलामा पनि अगाडि रहेकी करिश्मा ब्युटिपार्लर भने कपाल काट्नबाहेक अरू कामका लागि नजाने दाबी गर्छिन् । ‘बेलुका अनुहार र कपालमा नरिवलको तेलले मसाज गर्छु । फेसियल गर्ने बानी छैन । ब्युटिपार्लर जाने भनेको कपाल काट्नका लागि मात्र हो ।’

नायिका मेलिना मानन्धर पनि व्यस्तताका बाबजुद आफू समयअनुरूप आफू फिट रहनका लागि सामान्य कुरामा समेत ध्यान दिनुपर्ने बताउँछिन् । ‘फिट राख्नका लागि त सबैभन्दा मेन कुरा आफूलाई सकेसम्म बिजी राख्नुपर्छ । मेरो लाइफ बिजी नै छ । बिहान बेलुकाको समय बच्चाको केयरमा व्यस्त हुन्छु । त्यसैले फिटनेस सेन्टर धाइरहनुपर्दैन । यसले पनि शरीरको लागि धेरै काम गर्छ । बाबु स्कुल गएको बेला पनि म बाहिर आफ्नो काममा हुन्छु । घर बस्यो भने बाहिरको काम बित्छ । आफूलाई मेन्टन गर्नका लागि खानपानमा पनि ध्यान दिनुपर्छ भन्ने कुरालाई विचार गर्दै खानपानको समय मिलाउने प्रयास गरिरहेको हुन्छु’, मेलिनाले भनिन्– ‘खानपानमा गडबड भइरहेको छ । त्यसैले यसलाई मिलाउने प्रयास गर्दै छु । म खानामा त्यति कन्सियस छैन ।बिहान हतारहतार ब्रेक फास्ट लिन्छु । ब्रेक फास्टमा प्रायः ब्रेड टोस्ट लिन्छु । बाबुसँगै म पनि निस्किन्छु । खाना प्रायः बेलुका मात्र खान्छु । खानामा यो खाने त्यो नखाने भन्ने छैन । तर खानापानमा केयरलेस गर्नु हुँदैन ।’ मेलिनाको टिप्स छ– ‘शरीरमा फ्याट बढ्ने कुरा खानु हँुदैन पानी धेरै पिउनुपर्छ । पानीले पिम्पलसको समस्या कम गर्छ भने स्किनको ग्लोको लागि पनि काम गर्छ । अलिकति एज बढ्दै जाँदा हामीले स्किन केयरमा पनि ध्यान दिनुपर्छ । आफ्नो स्किनअनुसारको क्रिमको प्रयोग गर्नुपर्छ । स्किनलाई कहिले केयरलेस गर्नु हुँदैन । बिहान स्किन टोनअनुसारको र बेलुका सुत्ने बेला नाइट क्रिम प्रयोग गर्नुपर्छ । यस्तै यस्तै कुरामा ध्यान पुर्याउने हो भने आफूलाई मेन्टेन गर्दै लान सकिन्छ ।’

‘म त छोरीलाई स्तनपान पनि गराइरहेकी छु । सौन्दर्यको नाममा आफ्नो बच्चालाई स्तनपानबाट टाढा राख्नु झनै हानिकारक हो । स्तनपानले सौन्दर्य बिगार्छ भन्ने कुरामा मलाई विश्वास नै लाग्दैन’ रेजिना भन्छिन् । ‘म त छोरीलाई स्तनपान पनि गराइरहेकी छु । सौन्दर्यको नाममा आफ्नो बच्चालाई स्तनपानबाट टाढा राख्नु झनै हानिकारक हो । स्तनपानले सौन्दर्य बिगार्छ भन्ने कुरामा मलाई विश्वास नै लाग्दैन’ रेजिना भन्छिन् ।

नायिका रेजिना उप्रेती आफ्नो पाँचमहिने छोरीको हेरचारमै व्यस्त छिन् । छोरी हुर्काउनकै लागि उनले अबको एक वर्षसम्म फिल्म क्षेत्रमा नआउने योजना बनाएकी छिन् । आमा भएपछि दिनको चारपटक भोजन गर्ने गरेको उनले बताइन् । ‘जसरी अरू दिदीबहिनीले सुत्केरी हुँदा दिनको चारपटक खाना खान्छन्, त्यसरी नै मैले दिनको चारपटक नै खाना खाने गर्थें । घिउ पनि निकै खाएँ । केही महिला मोटाइन्छ भनेर शरीर सन्तुलन गर्नका लागि सुत्केरी अवस्थामा पनि खाना कम खाने, घिउ नखाने गर्छन् । मैले त्यस्तो कहिल्यै गरिनँ । आफ्नो शरीरलाई आवश्यक पर्ने कुराहरू हामीले लिनुपर्छ । म त स्तनपान पनि गराइरहेकी छु । सौन्दर्यको नाममा आफ्नो बच्चालाई स्तनपानबाट टाढा राख्नु झनै हानिकारक कुरा हो । स्तनपानले सौन्दर्य बिगार्छ भन्ने कुरामा मलाई विश्वास नै लाग्दैन’ –रेजिनाले भनिन् । आफूले सक्ने भएपछि छोरीको सम्पूर्ण स्याहारमा आफैं व्यस्त रहेकी रेजिनाले छोरीकै हुर्काउनकै लागि केही समय फिल्मी क्षेत्रबाट टाढा रहने निधो गरेकी बताइन् । ‘अहिले पनि म छोरीकै स्याहारमा व्यस्त छु । उसलाई तेल लगाइदिने, स्तनपान गराउने लुगा फेरिदिने गर्दागर्दै दिन बितिरहेको हुन्छ ।

यस कारण मैले आफ्नो स्याहारका लागि समय पाएको छैन । यसैले शरीर मेन्टेनका लागि भनेर मैले त्यस्तो केही पनि गरेको छैन । मेरो विचारमा आफू व्यस्त भइरहे शरीर आफैं मेन्टेन हुन्छ’ –उनको विश्वास रहेछ ।

सदाबहार नायिकाको छवि बनाएकी अभिनेत्री करिश्मा मानन्धर बिहानै फिटनेस क्लब जान्छिन् । शारीरिक व्यायमपश्चात ८ बजेतिर ब्रेक फास्ट र दिउँसो १२⁄१ बजे मात्र खाना खान्छिन् । ‘एज बढ्दै जाँदा धेरै दुब्लाएको पनि राम्रो देखिँदैन । त्यस कारण दुब्लाउनका लागि भनेर डाइटिङ गर्दिन् । बिहान क्लब जान्छु । एक्रसाइजले गर्दा ब्लड राम्ररी सर्कुलेसन हुन पाउँछ । एक्सरसाइजभन्दा योग गर्नु राम्रो हो’, करिश्माले दैनिकी सुनाइन्– ‘ब्रेक फास्टमा प्रोटिनयुक्त खाने कुरामा ध्यान दिन्छु । कहिलेकाहीं कर्नफ्लेक्स र दूध खान्छु भने कहिले अण्डा पनि याड गर्छु । प्रायः ब्रेकफास्टमा स्याउ र पपैयाजस्ता फुटस लिन्छु । पानी अलि बढी पिउँछु । पानी पिउनु स्किनका लागि राम्रो हुन्छ । १२⁄१ बजे खाना खाएपछि बेलुका एकैचोटि खाना खान्छु । खानामा म राइस नै लिन्छु । बेलुकाको खानामा पनि प्रायः राइस नै हुन्छ । हप्तामा एक दिनजस्तो पार्टी परेकै हुन्छ । यस्तो बेला पनि खासै डाइटिङ भनेर बस्दिनँ । मेरो डाइटिङ गर्ने बानी नै छैन् ।’

अभिनयसँगै सौन्दर्यको मामलामा पनि अगाडि रहेकी करिश्मा ब्युटिपार्लर भने कपाल काट्नबाहेक अरू कामका लागि नजाने दाबी गर्छिन् । ‘बेलुका अनुहार र कपालमा नरिवलको तेलले मसाज गर्छु । फेसियल गर्ने बानी छैन । ब्युटिपार्लर जाने भनेको कपाल काट्नका लागि मात्र हो । त्यस्तै दहीमा हनी मिक्स गरेर हप्तामा एकचोटि लगाउँछु । यसले अनुहारमा चमक ल्याउने काम गर्छ ।’
मानिसको सोचाइले सौन्दर्य र स्वास्थयमा निकै सकारात्मक प्रभाव पार्ने विचार राख्छिन् नायिका झरना थापा । आफ्नी १८ वर्षीया छोरीलाई पनि फिल्ममा ल्याउने सोचमा रहेकी ए मेरो हजुर २ की यी डेब्यु निर्देशकले निर्देशकीय क्षमता बढाएसँगै आफ्नो सुन्दरता पनि कायम राखेकी छिन् । उमेर बढ्दै जाँदा खानपान र व्यायामलगायतमा ध्यान दिए सुन्दरता कायम राख्न सकिने उनी बताउँछिन् । ‘खानपान र एक्सरसाइजमा ध्यान पुर्याउने हो भने सुन्दर देखिन त सघाउँछ नै, रोगले पनि छुन सक्दैन । यदि खानपानलगायत जीवनशैलीमा बेवास्ता गरियो भने चाहिँ यसले स्वास्थ्य र सौन्दर्य दुवैमा नकारात्मक प्रभाव पुर्याउँछ । जसले गर्दा उमेर नपुग्दै पनि स्किनमा समस्या आउने गर्छ’, झरनाको अनुभव छ– ‘तर केही मानिसमा भने उमेर बढे पनि सौन्दर्यमा त्यसको प्रभाव देखिँदैन । शारीरिक बनोटमा पनि फरक परेको देखिँदैन । सायद प्रकृतिको देन नै होला ।’

बिहानको २ घण्टा समय शारीरिक व्यायाममा खर्चने उनी व्यायामका लागि फिटनेस सेन्टर जाने गर्छिन् । ‘कहिलेकाहीं व्यस्ताताका काराण दौडधुप गर्नु परिरहेको हुन्छ । त्यस्तो समयबाहेक अन्य समयमा फिटनेस सेन्टरमा एक्सरसाइज गरेर आएपछि घर आएर ब्रेकफास्ट लिन्छु । ब्रेक फास्टमा प्रायः चना, मुगीको दाल सिजनअनुसारको फलफूल, दूध अण्डा मिलाएर लिन्छु । खानामा बिहानबेलुका नै राइस खान्छु । म डाइटिङ गर्दिनं’, झरनाले सुनाइन्– ‘तर खाना त्यति धेरै पनि खाँदिनँ । शरीरलाई चाहिनेजति मिलाएर खान्छु । स्किन केयरका लागि केही घरेलु विधि अपनाउँछु । जस्तो हप्तामा एक चोटि हनी टमाटर आदिले अनुहार सफा गर्छु । त्यस्तै १५⁄२० दिनको फरकमा बडी मसाज गर्छु ।’

अभिनेत्री गौरी मल्ल बिहानको समय योगामै व्यस्त हुन्छिन् । बिहान चिया भए अरू केही चाहिन्न उनलाई । ‘कहिलेकाहीं पाहुनाहरू हुँदा या केही कारणले गर्दा खाना ढिला भएछ भने मात्र म चियासँग कुकिजहरू हल्का ब्रेक फास्टको रूपमा लिन्छु । होइन भने त चियापछि एकैचोटि साधारण खाना नै खान्छु । बेलुका ७⁄८ बजेतिर रोटी तरकारी या दूध खान्छु । बेलुकाको खाना हलुका नै भएको राम्रो हुन्छ’ –गौरी भन्छिन् ।

जुनसुकै उमेरका मानिसले पनि खानपान र शारीरिक व्यायममा ध्यानदिनुपर्ने धारणा राख्ने गौरी शाकाहारी हुन् । ‘उमेर बढ्दै जाँदा मात्र स्वास्थय र सुन्दरतामा ध्यान दिनुपर्छ भन्ने धारणा छ । तर जुनसुकै उमेरमा पनि मानिसले आफ्नो स्वास्थ्य र सुन्दरतामा ध्यान दिनुपर्छ । कुनै पनि उमेरका मानिसले ब्यालेन्स डाइट गर्नु जरुरी छ । ब्यालेन्स डाइटले शरीरलाई पनि ब्यालेन्समा राख्न मद्दत गर्छ’, गौरीले सुनाइन्– ‘विगत १२ वर्षदेखि मैले माछामासु खान छोडेको छु । सकेसम्म सबैले माछामासु कम खानुपर्छ । सन्तुलित खाना व्यायामलगायतका कुरामा ध्यान दिन सकिएमा स्वास्थ्य र सुन्दरता कायम गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्