युनेस्को प्रमुखमा फ्रान्सका पूर्वमन्त्री



 

पेरिस, (एजेन्सी)
संयुक्त राष्ट्र संघको सांस्कृतिक निकायले शुक्रबार फ्रान्सका पूर्व संस्कृति मन्त्री एन्ड्री एजोलेलाई नयाँ प्रमुखका रूपमा चयन गरेको छ। संयुक्त राज्य अमेरिका युनेस्कोबाट बाहिरिएपछि त्यसको भविष्य सम्हाल्ने प्रमुख जिम्मेवारी अब एजोलेको काँधमा आइपुगेको छ।

पाँचौं चरणको मतदानमा एजोलेले कतारका प्रतिद्वन्द्वी हमाद विन अब्दुलाजिज अल–कवारीलाई पाखा लगाउन सफल भएकी थिइन्। अब आगामी १० नोभेम्बरमा युनेस्कोको १ सय ९५ जना सदस्यसामु यस निर्णयलाई अनुमोदनका लागि पेस गरिने भएको छ।
बिहीबार अप्रत्याशितरूपमा अमेरिकाले युनेस्कोमाथि इजरायल विरोधी नीति लिएको आरोप लगाउँदै यो ऐतिहासिक संगठन छोड्ने निर्णय गरेको थियो। यसलगत्तै इजरायल स्वयंले पनि शुक्रबार युनेस्को छोड्ने तयारी शुरू गरिसकेको जनाएको थियो।

एजोलेले पत्रकार सम्मेलनमा भनेकी छिन्– ‘यस्तो समस्याग्रस्त परिस्थितिमा युनेस्काको सुधार र सुदृढीकरणका लागि हाम्रो समर्थन र सहयोगको जरुरत पहिलेभन्दा बढी आवश्यक छ। मैले यस संगठनको आधुनिकीकरणका लागि प्रयास गर्नेछु। यदि मेरो पद सुनिश्चित भएको खण्डमा म सबैभन्दा पहिले यस संगठनको विश्वसनियता, यसप्रति सदस्यहरुको विश्वास र यसको प्रभावकारिता पुनस्र्थापन ागर्न चाहन्छु।’ सन् २००९ मा सो निकायको नेतृत्व सम्हालेकी बुल्गेरियाली इरिना बोकोभाको स्थान यिनले लिन लागेकी हुन्।

प्रतिक्रिया दिनुहोस्