तालिवानद्वारा शिशु मारेर बन्धक महिलाको बलात्कार



 

टोरोन्टो, (एजेन्सी)
अफगानिस्तानमा कट्टरपन्थी मुस्लिम लडाकू समूह तालिवानद्वारा बन्धक बनाइएका क्यानाडाली जोसुवा बोयलले शनिबार पत्रकारसमक्ष ती शैतान तालिवानले आफ्नी छोरीको हत्या र पत्नीको बलात्कार गरेको कारुणिक व्यथा पोखेका छन्।

झन्डै पाँच वर्ष तालिवानको बन्दी जीवन बिताएर उनी पत्नी काइतल्यान कोलम्यान र अन्य सन्तानसँगै क्यानाडा फर्केका हुन्। सन् २०१२ मा अफगनिस्तानको पहाडी क्षेत्रमा पदयात्रामा जानेक्रममा तिनीहरुलाई तालिवानले नियन्त्रणमा लिएको थियो।

कोलम्यानका पिताले त्यस्तो खतरनाक मुलुकमा घुम्न जानु नै ठूलो मूर्खता भएको बताएका छन्। बुधबार मात्र उद्धार गरिएका तिनीहरुका बारे जिम कोलम्यानले आफ्ना छोराबुहारीले किन घुम्नका लागि अफगानिस्तान नै रोजे भनी सोधिएको प्रश्नको जवाफमा एबीसी न्युजलाई भनेका छन्– ‘आफ्नी गर्भवती पत्नीलाई त्यस्तो खतरानाक स्थानमा लाने कस्तो मूर्ख मान्छे होलान् मेरो ज्वाइँ। त्यस्तो काम गर्ने त मैले कल्पनासम्म पनि गर्न सक्दिनँ।’
तर टोरोन्टोको पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बोयलले तालिवान नियन्त्रित अफगानीस्तानी क्षेत्रहरुमा कुनै सरकार, राहत कार्यकर्ता र गैरसरकारी संस्थाको उपस्थिति नरहेकाले आफूहरुले त्यहाँका गाउँलेहरुलाई राहत सहयोग उपलबध गराउने प्रयास गरिरहेको पनि बताएका छन्।

यसैसाता तिनीहरु आफ्ना तीन सन्तानसँग स्वदेश फर्केका हुन्। ती तीनैजनाको जन्म बन्दी अवस्थामा नै भएको थियो। बोयलले हक्कानी सञ्जालसँग आबद्ध तालिवानले आफ्नो चौथो छोरीको हत्या र पत्नीको बलात्कार गरेको बताएका छन्। अमेरिकी सूचनाको आधारमा पाकिस्तानी सेनाले अफगान सिमानानजिक गरेको कारबाहीमा तिनीहरुलाई उद्धार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्