विश्व हात धुने दिवसको अवसरमा लाइफब्वायको हाई फाइभ अभियान



 

नेपाल समाचारपत्र
काठमाडौं
युनिलिभरको विश्वव्यापी दिगो जीवन योजना (युएसएलपी) लाई युनिलिभर नेपालले नेपाली ढाँचामा ढालेर स्वस्थ नेपाल, सक्षम नेपाल, हाम्रो नेपाल नामक अभियानको शुरूवात गरेको छ। युनिलिभरको लोकप्रिय साबुनको ब्रान्ड लाइफब्वायले साबुन पानीले हात धुने बानीको प्रवद्र्धन गर्दै आएको छ भने नेपालमा पनि उक्त अभियान शुरू गरेको हो।

हरेक नेपालीको लागि वास्तविक परिवर्तन ल्याएर नेपालीको माया र सम्मान पाउने उद्देश्यले युनिलिभर नेपालले यो अभियान शुरू गरेको हो।

यस अभियानको एक मुख्य अंग स्वस्थ नेपालअन्र्तगत लाइफब्वायले ‘हेल्प ए चाइल्ड रिच फाइभ’ को स्कुल प्रोग्राम स्कूल अफ फाइभको शुरूवात सन् २०१४ मा गरेको थियो। अभियानको शुरूवातमा ५ वर्षभित्र नेपालको १० प्रतिशत जनसंख्यालाई साबुन पानीले हात धुने अभियानमार्फत् जनचेतना फैलाउने प्रतिबद्धता जनाएको थियो। सन् २०१७ सम्ममा ३१ लाख नेपालीलाई यस अभियानमार्फत् हात धुने बानी सिकाएर लाइफब्वायले आफ्नो प्रतिबद्धता पूरा गरिसकेको छ।

यस अभियानका साथ–साथै लाइफब्वायले विश्व हात धुने दिवस पनि निकै उत्साहका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मनाउँदै आएको छ। यस वर्ष भने लाइफब्वायले विश्व हात धुने दिवसको अवसरमा हाई फाइभ अभियानको शुरूवात गरेको छ। यसअन्तर्गत इच्छुक व्यक्तिले आफ्नो हाई फाइभ गरेको फोटो ह्यासट्याग हाईफाइभ फर ह्यान्डवासिङ र एटलाइब्वाय नेपाल क्याप्सनको साथ आफ्नो फेसबुक वा इन्स्टाग्राममा अपलोड गर्नुपर्ने छ। लाइफब्वायले हरेक हाई फाइभको सट्टामा ५ जना बच्चालाई साबुन पानीले हात धुन सिकाउनेछ। यस अभियानलाई महानायक राजेश हमालले समर्थन गर्दै सबैलाई हाई फाइभ गरेको फोटो अपलोड गर्ने सन्देश दिएका छन्।

अभियानको प्रवद्र्धन सबै माध्यमबाट गरिने कम्पनीले जनाएको छ। दिगो शिक्षामूलक कार्यक्रमसहित अगाडि आएको र एउटा अभियानका रूपमा सञ्चालन हुने भएकाले धेरैलाई फाइदा पुर्याउने विश्वास गरिएको छ। लाईफब्वायले हरेक व्यक्तिले आफू र आफू वरिपरिको पनि व्यवहार परिवर्तनको बानीलाई प्रोत्साहन गर्न केही सकारात्मक भूमिका रहनेमा पनि आशा राखेको जनाएको छ। साबुन र पानीले हात धुने महत्त्वको बारेमा सबैले बुझुन् र हाई फाइभ अभियानमा उत्साहजनकरूपमा सहभागी भई ‘हेल्प ए चाइल्ड रिच फाइभ’ मा योगदान पुर्याउन्।

प्रतिक्रिया दिनुहोस्