गीतकार गुरुङलाई सहयोग



 

३ वर्षदेखि अस्वस्थ गीतकार तथा संगीतकार सुक गुरुङलाई साधना अनलाइन संगीत समूह र गीतकार संघ नेपालका सहकार्यमा उपचार सहयोगस्वरूप १ लाख ३६ हजार ६ सय ४५ रुपियाँ उपलब्ध गराएको छ। कार्यक्रममा नेपाल सरकारबाट पनि उनलाई औषधि उपचारमा चासो राखेर खर्च जुटाइदिइयोस् भन्ने आग्रह गरिएको थियो। सो रकम उनककै निवास पोखरामा गई गीतकार संघका उपाध्यक्ष भरत बमजन र सचिव वसन्त वित्यासी थापाले हस्तान्तरण गरेका थिए।

सुक ३ दशकदेखि नेपाली गीति लेखनमा अनवरत साधनारत छन्। गीत लेखन मात्र नभएर संगीत सिर्जनामा पनि उनी त्यत्तिकै सक्रिय छन्। उनका सिरानी, निवेदन, इशारा, सूचनालगायत थुपै्र एकल एल्बमहरु बजारमा छन्। नयाँदेखि पुराना गायक–गायिकाले स्वर दिएका उनका गीतमा अरुण थापा, कुन्ती मोक्तान, सुक्मित गुरुङ, राजेशपायल राई, सुमित खड्का, शर्मिला बर्देवालगायतले स्वर भरेका छन्। आँखैमा झलझली, छेक्यो छेक्यो देउराली डाँडा, भाइटीकामा भेट्न आउँला, माया यो माया, दोष कसैलाई दिन्न म, कात्रोमा गोजी हुँदैनजस्ता लोकप्रिय गीत सिर्जना र रचना गरेका गीतकार तथा संगीतकार गुरुङको दृष्टि पनि गुम्न गएको छ।

 

प्रतिक्रिया दिनुहोस्