राष्ट्रपतिद्वारा नवनियुक्त मन्त्रीहरुलाई शपथग्रहण !



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारद्वारा नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी छिन् । शनिबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति भण्डारीले एक उपप्रधानमन्त्री र तीन मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।

शपथ ग्रहण गर्ने नवनियुक्त उपप्रधानमन्त्री कमल थापा रहेका छन् भने मन्त्रीहरु जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्