गगन थापा र राजन भट्टराईसँग रेखा थापा भिड्ने !



काठमाडौँ । नायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) की नेतृ रेखा थापाको नाम काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारमा सिफारिस भएको छ ।

राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता रविन चाम्लिङ्गका अनुसार रेखालाई प्रतिनिधिसभामा उम्मेदवारीका लागि काठमाडौँ क्षेत्र नम्बर ४ र सर्लाही क्षेत्र नम्बर ३ बाट सिफारिस गरेर पठाइएको छ ।

‘रेखाजीलाई प्रतिनिधिसभामा लड्नका लागि काठमाडौँ, र सर्लाहीबाट उम्मेदवारकारुपमा सिफारिस गरिएको छ’, चाम्लिङ्गले भने, ‘केन्द्रीय समितिले उहाँको उम्मेदवारीको टुंगो लगाउनेछ ।’

रेखाको नाम सिफारिस भएको काठमाडौँ ४ मा नेपाली कांग्रेसबाट युवा नेता गगनकुमार थापा र एमालेबाट अर्का युवा नेता राजन भट्टराई लड्ने करिब पक्कापक्की जस्तो छ । त्यसैगरी साझा–विवेकशील पार्टीले युवा नेतृ सुविना आचार्यलाई यो क्षेत्रको उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्