हलिउड डाइरेक्टर हार्वेले ऐश्वर्यासँग यौन सम्पर्क राख्न खोजेको खुलासा



एजेन्सी । लगातार विवादमा घेरिएका हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने गरेको छ । पछिल्लो समय विश्वकै चर्चित पत्रिका न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका महिलाहरुले उनीमाथि आरोप लगाउने क्रम बढेर गएको हो । टाइम्सका अनुसार, हालसम्म ३० जना महिलाले हार्वेबाट प्रत्यक्ष या अप्रत्यक्षरुपमा यौनहिंसा सहनु परेको बताएका छन् ।

यसैगरी बलिउडकी चर्चित नायिका तथा पूर्वविश्व सुन्दरी श्वर्या रायलाई समेत हार्वेले आफ्नो जालमा पार्न खोजेको सनसनीपूर्ण खुलासा भएको छ । ऐश्वर्या रायका अन्तर्राष्ट्रिय ट्यालेन्ट म्यानेजर सिमोन सेफिल्डले भेराइटी डट कममा प्रकाशित एक सामग्रीमाथि टिप्पणी गर्ने क्रममा उक्त घटनाको खुलासा भएको हो ।

उक्त घटनाको खुलासा भएपछि ऐश्वर्याका तर्फबाट भने कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्