चर्चित नायिका निशा अधिकारी यौनकर्मी (भिडियो)



काठमाडौं । चर्चित नायिका निशा अधिकारी एक नेपाली चलचित्रमा यौनकर्मीको भुमिकामा देखीएकी छिन । नेपाली कथानक चलचित्र ‘रोमियो’को ट्रेलर सार्वजनिक भएको हो । कात्तिक २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा नायिका निशा अधिकारीले यौनकर्मी महिलाको भूमिका निर्वाह गरेकी हुन् । जसको प्रेममा रोमियो उर्फ हसनराजा खान दिवाना भएका छन् ।

फिल्ममा हसनराजा खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेम कथालाइ उठान गरेको फिल्ममा अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन छ । शंकर कार्कीले फिल्मको निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्