सरकारमा रहेका मन्त्रीको जिम्मेवारी हेरफेर, माओवादीका मन्त्रीहरु अब बिनाविभागीय !



काठमाडौं । कमल थापालाई गृहमन्त्री बनाउने आश्वासन दिएका प्रधामन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई बिनाविभागीय बनाउने तयारी गरेको कुरा बाहीर आएको छ । प्रधानमन्त्री देउवाले राप्रपालाई गृह, उद्योग, सहरी विकास र आपूर्ती मन्त्रालयको जिम्मेवारी दिने सहमति सँगै मन्त्रीपरिषद विस्तार गरेका थिए । सरकारमा रहेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेर माओवादी केन्द्रका मन्त्रीहरुलाई बिनाविभागीय बनाउने तयारी थालेको उच्च स्रोतले जानकारी दिएको छ । माओवादीका तर्फबाट हाल सरकारमा उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी कृष्णबहादुर महराले सम्हालेका छन्। यस्तै, जनार्दन शर्माले गृह, गिरिराजमणी पोखरेलले स्वास्थ्य, महेन्द्रबहादुर शाहीले ऊर्जा, शिवकुमार मण्डलले आपूर्ति, टेकबहादुर बस्नेतले सामान्य प्रशासन र आशा कोइरालाले महिला बालबालिका मन्त्रीको जिम्मेवारी पाएका छन्। राप्रपाका तर्फबाट कमल थापासहित मन्त्रीमा जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापाले सपथ ग्रहण गर्दैछन्। माओवादी केन्द्रले भने सरकारमा सहभागी मन्त्रीलाई नहटाउने र सरकारको समर्थन समेत फिर्ता नलिने निर्णय गरीसकेको छ।

प्रतिक्रिया दिनुहोस्