आँखाको उमेर ५० करोड वर्ष !



तपाइँ कति वर्ष उमेरको हुनुभयो ? अनि तपाइँको आँखा कति वर्षको भयो ? सहज उत्तर आफु जति वर्षको भइयो आँखा पनि उत्ति वर्षको नै भयो । तर होइन, तपाइको उमेर कलिलै भएपनि आँखा भने निकै पूरानो हो । तपाइँ हामी सबैको आँखाको उमेर ५० करोड वर्षको भैसक्यो ।
वैज्ञानिकहरुका अनुसार जिवजन्तुको आँखा ५० करोड वर्ष पुरानो हो । वैज्ञानिकहरुले यो कुराको पुष्टि गर्नका लागि ७० करोड वर्ष पुरानो इतिहासलाई प्रस्तुत गरेका छन्, जुनबेला केवल एक कोषिय अमिबा, लेउ, मुगा तथा जिवाणुहरुको मात्र अस्तित्व थियो । वैज्ञानिकहरुले आफ्नो अध्ययनका क्रममा ओपसिन्स नामक कोषिमा ध्यान केन्द्रित गरे जो प्रकाशप्रति संवेदनशील हुन्छ । यो कोशिकाले जिवमा विस्तारै विस्तारै प्रकाशलाई पहिचान गर्न सुरु गर्यो । सोही कोशिका पछि आँखाको रुपमा विकशित भयो । जिवजन्तुमा पहिलोपटक ५० करोड वर्ष पहिले क्याम्ब्रियन युगमा आँखाको विकाश भएको वैज्ञानिकहरुको भनाइ छ ।

अस्ट्रेलियाली वैज्ञानिक ट्रेवर ल्याम्बका अनुसार ५० करोड वर्ष पहिलेको समयमा यस्ता धेरै जिवको उत्पत्ति भयो जसको एक वा दुइ आँखा थिए । ती जिवमा त्यससँगै सरीरका अन्य अंग समेत विकशित भए । तथापि त्यस समयमा धेरै जनावरको सरीरमा केवल आँखा मात्र हुन्थ्यो तर स्नायु प्रणालीको अरु भाग विकाश भैसकेको थिएन । झण्डै २० करोड वर्षको क्रम विकाशसँगै जिवजन्तुमा अहिलेको जस्तो विकशित आँखाको विकाश भएको हो ।
–एजेन्सी

प्रतिक्रिया दिनुहोस्