जागिर गर्ने श्रीमतीले बाहिरै सम्बन्ध राखेपछि….



वैवाहिक जिवनमा निरासा तथा बेमेलको कुरा नौलो होइन, विश्वव्यापी सनातन सत्य हो । तर लोग्नेस्वास्नीको झगडा परालको आगो भनेझैँ धेरै दम्पतिको हकमा यस्तो झगडा छिटै सामसुम भैहाल्छ अनि हठात् अँगालोमा बाँधिन्छन् लोग्नेस्वास्नी । लोग्ने स्वास्नी भएपछि सम्भोग भन्ने कुरा सामान्य हो र वैवाहिक जिवनको लागि एक अनिवार्य शर्त जस्तै हो । तर जापानमा भने आधाजसो दम्पतिले सहबास नगर्ने गरेको अनौठो तथ्यको खुलासा भएको छ ।

कण्डम निर्माता कम्पनी सागमी गोमुले गरेको सर्भेका अनुसार जापानमा आधाजसो वैवाहिक सम्बन्ध सम्भोग रहित हुन्छन् । आखिर किन भयो होला यस्तो ? कारण पनि निकै डरलाग्दो छ । जागिर गर्ने श्रीमतीहरुले बाहिरै परपुरुषसँग सम्बन्ध राख्ने गरेकै कारण लोग्नेस्वास्नीबीच सेक्स नहुने गरेको तथ्य सर्भेले खुलासा गरेको छ ।

जापानका धेरै कामकाजी महिलाहरुले आफ्नो लोग्नेसँग सम्भोग नगर्ने र कार्यालयको कामका सिलसिलामा भेट हुने पुरुषसँग यौन सम्बन्ध कायम गर्ने गरेकै कारण उनीहरुले आफ्नो लोग्नेसँग सम्भोगका लागि तयार नहुने गरेका हुन् । सर्भेक्षणमा सहभागि ५ सय जना ४० वर्षको उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले परपुरुषसँग सम्भोग गर्ने गरेको स्विकारे । त्यस्तै १२ प्रतिशतले आफ्नो लोग्ने भन्दा बाहिरको पुरुषसँग सम्भोग गर्न मन पर्ने जवाफ दिए । केही महिलाले नैतिक रुपमा परपुरुषसँगको सम्बन्धका बारेमा आफुले सोँच्न पनि नसक्ने बताए । १० प्रतिशतले त आफुले परपुरुषसँग राखेको सम्बन्धका बारेमा लोग्नेले थाहा पाउँछ की भनेर निकै डराउने गरेको जवाफ दिए ।

परपुरुषसँग के को माध्यमबाट भेटेर संसर्ग गर्नुहुन्छ रु भन्ने प्रश्नमा ३१।५ प्रतिशतले अफिसमै भेटेर रतिक्रिडा गर्ने गरेको बताए । २४ प्रतिशतले इन्टरनेट मार्फत सम्बन्ध कायम गर्ने गरेका रहेछन् । अर्को रोचक कुरा त के भने साढे १८ प्रतिशत त आफ्नो भु पु ब्वायफ्रेण्डसँग सम्भोगमा मग्न हुँदा रहेछन् ।

परपुरुषसँग सम्बन्ध राखेकै कारण आफ्नो श्रीमान सँग सम्भोग नगरेको कति वर्ष भयो भन्ने प्रश्नमा ६३ प्रतिशतले ११ वर्ष भयो भन्ने जवाफ दिए । त्यसरी परपुरुषसँग सम्बन्ध राख्ने मध्ये ६८।५ प्रतिशतले यस्तो सम्बन्धका कारण आफुलाई कुनै पश्चाताप नरहेको बताए भने १८।५ प्रतिशतले कुनै पश्चाताप नरहेको बताए । बाँकीले यसबारेमा आफुले केहीपनि नभन्ने बताए ।
–एजेन्सी

प्रतिक्रिया दिनुहोस्