सामसङको ईयरफोन नक्कली र सक्कली कसरी छुट्याउने ?



काठमाडौं । सामसङको सक्कली ईयरफोन लगभग ६ सय ५० रुपैयाँमा पाईन्छ । त्यहि ईयरफोन १ सय ५० वा २ सय रुपैयाँमा पनि पाइरहेको हुन्छ ।

पैसा बचाउने लोभमा कतै नक्कली ईयरफोन त प्रयोग गर्दै हुनुहुन्न ? तपाइले प्रयोग गर्नु भएको ईयरफोन नक्कली हो या सक्कली यो थाहा पाउनको लागि हामी तपाइलाई केही उपाय बताउँदै छौँ ।

तल लेखिएको यी ४ कुरामा ध्यान दिनु भयो भने तपाई नक्कली र सक्कली ईयरफोन आफैं छुटाउन सक्नु हुन्छ ।

१. लोगोः सबैभन्दा पहिला ईयरफोनमा भएको लोगो या मेनो हेर्नुहोस् । यदी यसको रङ हल्का छ वा हातले पुछ्दा यो मेटिने खालको जस्तो लाग्यो भने त्यो ईयरफोन नक्कली हो ।

२. मेड इन भेतनामः सक्कली ईयरफोनको प्याकिङ र्यापमा मेड इन भेतनाम लेखिएको हुन्छ । यदी त्यहाँ मेड इन चाइना लेखिएको छ भने त्यो नक्कली हो ।

३. अडियो क्वालिटी र mic: अडियो क्वालिटीलाई चेक गर्नुहोस् यदी आवाज छुटिएर आएको छ । आवाज राम्रोसँग आइरहेको छैन भने त्यो ईयरफोन नक्कली हो । माइक पनि चेक गर्नुस । नक्कली ईयरफोनको माइकमा राम्रोसँग आवाज आउदैन ।

४. ईयरफोन ज्याकः ईयरफोनको इएर ज्याक हेरेर पनि सक्कली र नक्कली थाहा पाउन सकिन्छ । नक्क्ली ईयरफोनको ज्याक पातलो हुन्छ र त्यसको क्वालिटी पनि नराम्रो हुने गर्छ ।

यसरी तपाई सामसङको ईयरफोन किन्दा नक्कली ईयरफोन किन्नबाट बच्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्