यस्तो छ राणाहरुले सहीद शुक्रराज शास्त्रीलाई झुण्ड्याएको रुख !



काठमाडौं । नजर परे मन खंग्रङ्ग हुने शुक्रराज शास्त्रीलाई झुण्ड्याइएको खरीको रुख यही हो । रुखलाई सानो चौतारी जस्तो बनाएर वरीपरीबाट घेरिएको छ । तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर जबराले राजद्रोह गरेको अभियोगमा टेकुस्थित पचलीमार्गको यो खरीको बोटमा प्रजातन्त्रका एक सिपाही शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मार्न लगाएका थिए । यो रुख अहिले पनि टेकुमा जीवितै छ । त्रिपुरेश्वरबाट कालीमाटी जाने सडकको बायाँतर्फको यो रुख छ तर संरक्षण भएको छैन ।

प्रतिक्रिया दिनुहोस्