रेखा थापा राप्रपाको सहमहामन्त्रीमा मनोनित, ३ ठाउँबाट उम्मेदवार सिफारिस



नेपाल समाचारपत्र, काठमाडौं । चर्चित नेपाली नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सहमहामन्त्री सहित पार्टीको प्रवास विभागको समेत जिम्मेवारी पाएकी छिन् ।

कमल थापा नेतृत्वको राप्रपा छाडेर पशुपतिसमशेर राणा नेतृत्वको पार्टीमा लागेकी नायिका थापालाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर्लाहीबाट उम्मेदवार सिफारिस गरेको छ ।

थापाले कहाँबाट चुनाव लड्ने भन्ने बारे पार्टीलाई टुंगो दिइनसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्