मिसन मंगलग्रह ! अन्तरिक्षमा तैरिने बेसक्याम्प बनाएर मंगलग्रहको जानकारी लिइने



एजेन्सी । लकहिड मार्टिनले मंगलग्रहबारे थप अनुसन्धान गर्न अन्तरिक्षयात्रीहरुका लागि तैरिने अन्तरिक्ष प्रयोगशाला बनाइरहेको छ । दुई ग्रहबीचमा रहने जहाजले नक्षत्रमार्गको आउटपोष्ट र साइन्स ल्याबको रुपमा काम गर्ने बताइएको छ ।

मार्स अहिले विश्व अन्तरिक्ष अनुसन्धाताका लागि महत्वपूर्ण खुराक हो भने लकहिड मार्टिन यसको अन्तिम रेखामा दौड पूरा गर्ने तयारीमा छ । रातोग्रह ९मंगल०मा मान्छे पठाउने दौडमा अहिले स्पेसएक्ससँगै लागेको एरोस्पेस कम्पनी हो लकहिड । यो यानको पहिलो तह अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) मा स्पेसशिप (अन्तरिक्षयान) राखेजस्तै मार्सवरिपरिको अर्बिटमा हुनेछ ।

यसलाई मार्स बेस क्याम्प भनिएको छ । यसमा धेरैमा छ जनासम्म अन्तरिक्षयात्री रहन सक्नेछन् । यस यानमा बसेर अन्तरिक्षयात्रीले मंगलको चट्टान, माटोको नमूना संकलन गरी विश्लेषण गर्न र सन् २०३० सम्ममा मंगलको कुन स्थानमा मानिसहरु अवतरण गर्ने भन्ने निक्र्योल दिने विश्वास गरिएको छ ।

नासाको सहयोग लिएर लकहिडले मार्स बेस क्याम्पका भागहरु चन्द्रमा नजिकैको स्पेसमा पठाउनेछ र तिनलाई मार्समा पठाउनुअघि संकलन गर्नेछ । बेस क्याम्प डीप स्पेस क्र्यु क्याप्सुलमा निर्भर रहनेछ जसलाई ओरियन भनिएको छ, जसले स्पेसशिपको मुटुको काम गर्नेछ ।

यसमा दुई वटा डिप स्पेस ह्याबिट्याट्स र लिभिंग स्पेस रहनेछन् जसभित्र अन्तरिक्षयात्रीहरु खान, सुत्न र शारीरिक व्यायाम गर्न सक्नेछन् ।

यसभित्र स्पेस क्राफ्टको पावरका लागि चारवटा ठूला सोलार जडान गरिनेछ भने दुईवटा क्रायोजेनिक प्रपल्सन स्टेज रहनेछ, यसले निकै कम तापक्रमको प्रभाव र उत्पादनबारे अध्ययन गर्नेछ । त्यस्तै दुईवटा ट्यांक फार्म पनि रहनेछन् जसले इन्धन भण्डारण गर्नेछ ।

लकहिडमा व्यावसायिक सिभिल स्पेसकी जीएम तथा उपप्रमुख लिसा कालाहानले भनिन्, ‘मंगलमा मानव पठाउने कुरा साइन्स फिक्सनजस्तै भस्को छ तर आज त्यो वास्तविकतामा परिवर्तन हुँदै छ ।’

नासासँगको साझेदारीमा आफूहरुको भिजन अहिले विकास र उत्पादन भइरहेको छ । मार्स (मंगल) पुग्ने मिसनका लागि तीव्र तयारी गरिरहेको उनले बताइन् ।

मंगलवरिपरि अर्बिटमा बेस क्याम्प राख्नु पहिलो पाइला हुने जनाइएको छ । लकहिडले अन्तरिक्षयात्रीलाई बेसक्याम्प छाडेर मंगलको सतहमा पुर्याइछाड्ने आशा गरेको छ ।

त्यस्तै कम्पनीले पुनप्र्रयोग गर्न सकिने गरी सतहमा अवतरण गर्ने यन्त्रको समेत विकास गरिरहेको छ । यो यानको इन्जिन तरल हाइड्रोजन वा तरल अक्सिजनयुक्त हुनेछ । यसले मार्स अर्बिटबाट सतहमा अवतरण गराउनेछ ।

सतहमा पुग्ने हरेक मिसन दुई हप्ताको हुनेछ । त्यसपछि अन्तरिक्षयात्रीहरु मार्स बेस क्याम्पमै फर्किनेछन् । यो सोच नासासँगको सहकार्यमा गरिएको लकहिडले जनाएको छ ।

अंग्रेजी डिजिटल पत्रीका मिरर युकेबाट

प्रतिक्रिया दिनुहोस्