एनआरएन नेता थापा ७ करोड ठगीमा पक्राउ



नेपाल समाचारपत्र,काठमाडौं ।
जापानबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) को आइसीसी सदस्य चयन भएका अनुज थापालाई महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको छ। एनआरएनएको आठौं ग्लोबल सम्बेलनमा सहभागी हुन जापानबाट काठमाडौँ प्रस्थान गरेका उनलाई ७ करोड रुपैयाँ ठगी अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो।

एनआरएन सम्मेलनमा थापा नेपाल आएको जानकारी पाएपछि उनी पनि नेपाल आएर थापाविरुद्ध नेपाल प्रहरीमा उजुरी दिएका थिए। उनीविरुद्ध ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमती लिई ठगी अभियोगमा अनुसन्धान भइरहेकोमहानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुक जानकारी दिएका छन् ।

थापाले जापानमा रहेको एउटा विश्व विद्यालयको शाखा नेपालमा खोल्छु भनेर ७ करोड नेपाली रुपैयाँ लिएका थिए। सो रकम नेपालमा विश्वविद्यालयको शाखा नखोली उनले निजी घर र गाडी किन्न प्रयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्