मलद्वारभित्र १ किलो सुन भेटिएपछि



तस्करहरुले तस्कर गर्नका लागि अनेक प्रकारका तरिका रचेका हुन्छन् । हुँदाहुँदा तस्करहरुले मलद्वारभित्र लुकाएर सुनको तस्करी गर्न थालेको पाइएको छ ।

हालै एक श्रीलंकाली पुरुषलाई प्रहरीले कोलम्बो एयरपोर्टमा पक्राउ गर्यो । एयरपोर्टको डिपार्चर कक्षबाट पक्राउ परेको ती व्यक्तिमाथि शंका लागेर खानतलासी गर्दा उनको मलद्वारभित्र छिराएको झण्डै एक किलो सुन बरामद भएको छ ।

४५ वर्षका ती पुरुष भारतका लागि उड्दै थिए । जब उनी निकै अप्ठेरो गरी हिँडिरहेको अधिकारीहरुले देखे तब उनीमाथि शंका उत्पन्न भयो र उनलाई नियन्त्रणमा लिइएको थियो । उनको मलद्धारबाट ९ सय ५ ग्राम सुन बरामद भयो । उनलाई पक्राउ गरियो । तर पछि उनलाई झण्डै डेढ लाख रुपैयाँ बराबरको जरिवाना गरी मुक्त गरिएको बताइएको छ ।

अधिकारीहरुका अनुसार प्लास्टिकको झोलामा बेरेर उनले सुनलाई मलद्वारभित्र घुसाएका थिए ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्