नवलपरासीमा बस दुर्घटना हुँदा २८ जना घाइते



नेपाल समाचारपत्र, नवलपरासी ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीका विनयीत्रिवेणी गाउँपालिकामा शनिबार बिहान सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको ना ५ ख ३९६४ नंको बस नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–२ घिउखोला विश्वकर्माबाबा मन्दिर नजिक सडकबाट ३० फिट तल खस्दा सो दुर्घटना भएको थियो । बस आँफै अनियन्त्रीत भई दुर्घटना हुन पुगेको बताइएको छ ।

घाइते सबैको अवस्था मध्यम रहेको इलाकाप्रहरी कार्यालय दुम्कीवासले जनाएको छ । घाइतेको भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्