देउवा सरकारबाट माअाेवादी बाहिरियाे !



काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेकाे छ । औपचारिक निर्णय सार्वजनिक भने गरिसकेकाे छैन् ।

निर्णय गर्न माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्दै छ । मन्त्रीसहितका नेताहरूको सुझाबपछि अध्यक्ष प्रचण्डले पार्टीको धारणा सार्वजनिक गर्नेछन् । माओवादी मन्त्रीहरूले नैतिक प्रश्न उठ्ने देखिएमा अाज वा भाेलि बिहानसम्म राजीनामा दिने मनस्थिति बनाएका छन् ।

माओवादीले सरकारमा भए वा नभए पनि निर्वाचन सार्न नमिल्ने पहिलो सर्त बनाएको छ । निर्वाचन सार्दा वाम गठबन्धनमा समस्या आउनुका साथै संवैधानिक संकट आउन सक्ने भएकाले सरकार माओवादीको कम प्राथमिकतामा परेको छ ।

यसअघि, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा रहेका सरकार ढाल्न नखोजेको स्पष्ट पारेका थिए । अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता र चुनावी तालेमेलको निर्णय सरकार ढाल्नका लागि नभएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बिस्तार गरेपछि माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेकाे हाे।

बिस्तारित मन्त्रीपरिषदमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । प्रधानमन्त्री शेर बहादुर देउबाले माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गर्ने चर्चा र आशंका चलिरहेको बेला सरकार बिस्तार भएको हो । राप्रपा अध्यक्ष अध्यक्ष कमल थापा, जयन्त चन्द, दिनानाथ गिरी र बिक्रम थापा सरकारमा सहभागि हुन लागेका हुन्। प्रधानमन्त्री कार्यालयले चार जनाको नाम शुक्रबार दिउँसो राष्टपति कार्यालयमा पठाइसकेको प्रधानमन्त्री कार्यालयले स्रोतले जनाएको छ। शनिबार सपथ ग्रहण हुनेछ। उनीहरुलार्इ विना विभागीय मन्त्रीको जिम्मेवारी दिइनेछ। थापालार्इ उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

सरकार बिस्तारसँगै माओवादी मन्त्रीहरु सरकारमा नै रहने या छोड्ने विषयले झन चर्चा पाएको छ । माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता र चुनावी गठबन्धन गर्ने औपचारिक निर्णय भएपछि राप्रपा र संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउबामाथि चर्को दबाब परेको थियो ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने नहुने बारे भने अझै केही कुरा सार्वजनिक भएको छैन । कमल थापाको मन्त्री परिषदमा प्रवेससँगै माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने दबाब झन चुलिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने देउबाले भनेमा आफ्ना मन्त्री फिर्ता बोलाउन सक्ने बताउँदै आएका छन् । यद्यपी मन्त्री परिषदको बिस्तारले निर्वाचनको मितिमा भने कुनै असर नपर्ने देउबाले एक कार्यक्रममा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्