भाषण कसले लेखेको ?



 

खै के खै के⁄ हाम्रा प्रधानमन्त्री पनि कुन्नी के भाका हुन्, धरहराले बुझ्न सकेको छैन। कहिले जनताले दिएको ज्ञापनपत्रलाई भाषण भनेर पढ्ने, जनताले प्रश्न सोधे तपाईं को भन्ने जस्ता काम गर्दै आउनुभएका प्रधानमन्त्रीले बिहान बिहान नै के के खानुहुन्छ, धरहराले पत्ता लगाउन सकेको छैन।

शुक्रबार बिहान ६२औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले बोल्ने बेलामा माइकको अगाडि यसरी बोलिदिनुभयो सबै लज्जित भए। झन्डै एक घण्टासम्म चुपचाप बस्नुभएका देउवा जब स्टेजमा पुगे, पोडियममा राखेको फाइल पल्टाएर भने यो भाषण कसले लेखेको? माइक अन थियो कार्यक्रममा सहभागीहरूले सुन्ने गरी भाषण कसले लेखेको भनेर उनले भनेपछि सहभागी एकाएक मुखामुख गरेर हाँसेका थिए। हैट हाम्रा प्रधानमन्त्री सार्वजनिक ठाउँमा के बोल्नुपर्छ भन्ने पनि बुझ्दैनन् कि के हो कुन्नी ठाउँ न कु ठाउँ जथाभावी बोलेर विवादमा आउने गरेका छन्। धन्य प्रधानमन्त्री अब पनि के के बोल्ने हो बोल्दै जानुस् दुनियाँलाई हँसाउनुस् है।

प्रतिक्रिया दिनुहोस्