सर्वोच्च अदालतले जेल कोच्न आदेश दिएका बालकृष्ण ढुंगेल एमाले सभाषदसँगको छलफलमा



काठमाडौं । पक्राउ वारेन्ट जारी गरीएका बालकृष्ण ढुंगेल एमाले सभाषदसँगको छलफलमा भेटीएका छन । पूर्वप्रधानन्यायाधीश र न्यायाधीशलाई भौतिक आक्रमणको चेतावनी दिएको एक मुद्दामा सर्वोच्च अदालतले मिति नै तोकेर पक्राउ गर्न ‘वारेन्ट’ जारी गरेपछि उनि फरार भएको भनिएको थियो । फरार पूर्वसभासद् बालकृष्ण ढुंगेल प्रमुख विपक्षी एमालेका एक सभासद्सँगको छलफलमा काठमाडौंमै भेटिएको छलफलमा सहभागी एकजनाले फोटो नै खिचेर सार्वजनिक गरेका हुन । प्रहरीले मुलुकभर खोजी गर्दासमेत ढुंगेललाई फेला पार्न नसकिएको ढोङ रच्दै आएको थियो ।
सर्वोच्च अदालतले गत चैत ३१ गते ढुंगेललाई तत्काल पक्राउ गरी सात दिनभित्र कारागार चलान गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो । सर्वोच्चले पक्राउसहितको प्रतिवेदन सर्वोच्चमा बुझाउनसमेत आदेशमा भनेको थियो ।उक्त आदेशसहितको पत्र वैशाख ३ गते नै प्रहरी प्रधान कार्यालय पुगेको छ । त्यसलगत्तै १० वैशाखमा महानिरीक्षक प्रकाश अर्यालले मुलुकभरका प्रहरी कार्यालयलाई ढुंगेललाई पक्राउका लागि निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्