उपभोक्ता आफैं होसियार हुन जरुरी छः प्रेमलाल महर्जन



 

संयुतm राष्ट्रसंघले मनाउने गरेको विश्व गुणस्तर दिवसको नेपालले पनि मनाउँदै आएको छ। नेपालमा भने सरकारले दिवस मनाउने मात्र काम गर्दै आएको छ, मापदण्ड अनुसार र उपभोक्तालाई गुणस्तरीय सेवा सुविधा नपाएको अवस्था छ। सरकारको उचित नियगमन र बलियो कानुन नहुँदा व्यवसायीबाट हरेक पाइलामा उपभोक्ता ठगिन बाध्य भएका छन्।

उपभोक्ता आफैं पनि वस्तु तथा सामान खरिद गर्दा सजग र होसियार हुन जरुरी छ। राष्ट्रिय उपभोक्ता मञ्च नेपालले पनि सरकारलाई नियमन गर्न र व्यवसायीलाई उचित मापदण्डमा ल्याउनको लागि ध्यान आर्कषण गराउँदै आएको छ।

सरकारले तोकेको मापदण्ड पूरा गरेको अवस्थामा कम्पनीले सोही अनुसार उपभोक्तालाई सेवा सुविधा दिएको खण्डमा मात्र विश्व गुणस्तर दिवसको साक्षरता पूरा हुने छ। वस्तु तथा सेवाको परिमाणमा समेत सरकारले उचित नियमगन भएको छैन।
उपभोक्तालाई सचेतनाको लागि देशभरनै वस्तु तथा परिणामको बारेमा उपत्यकाका तीन जिल्लामा र मोफसलको ६७ जिल्लामा मञ्चले कार्यालय स्थापना गरी काम गरिरहेको छ। समय अनुसार सरकारले साधन स्रोत ,जनशक्ति र प्रविधिमैत्री बनाएर वैज्ञानिक ढंगले सधैं नै बजारमा अनुगमन हुनुपर्छ।

सरकारले बजार अनुगमनको नाममा नाम मात्रको अनुगमन मात्र गरेको देखिएको छ। यसलाई अझ प्रभावकारी बनाउन जरुरी रहेको छ। समय समयमा रुटिन बनाएर अनुगमन हुनु पर्यो। गुणस्तर भनेको समय अनुसार परिर्मजन हुँदै जाने भएकाले यसलाई परिस्कृत गर्न समेत सरकारको ध्यान जान जरुरी छ। पुरानो प्रविधिभन्दा नयाँ प्रविधिमैत्री वस्तु तथा सेवाको मापदण्ड निर्धारणको लागि सरकारले प्रभावकारी कदम चाल्ने समय आईसकेको छ।

(राष्ट्रिय उपोभोतmा मञ्च नेपालका अध्यक्षसँगको कुराकानीमा आधारित)गुणस्तर र प्रविधिलाई ध्यानमा राखेर स्मार्ट सिटी निर्माण जटिलः विश्वबाबु पुडासैनी

प्रतिक्रिया दिनुहोस्