राष्ट्रपति काकुनी परामर्शमा !



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदहरुलाई शुक्रबार मन्त्रिपरिषदमा थप गर्न सिफारिश गरेकोे सन्दर्भमा निर्वाचन आयोग र कानुनविदसँग परामर्श गर्ने भएकीछिन । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको आचारसंहिता लागु भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरू र कानुनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । आचारसंहिता लागु भएकै अवस्थामा प्रधानमन्त्री देउवाले यसअघि गर्नुभएको मन्त्रिमण्डलको विस्तारलाई आचारसंहिता विपरीत भएको आयोगले जनाएको थियो । कतिपय सञ्चारमाध्यममा शनिबार नै नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने भनी दिएका समाचारमा सत्यता नभएको राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्