साताको राशिफल (असोज २८ देखि कार्तिक ३ गतेसम्म)



ज्यो. चन्द्रेश शर्मा

असोज २८ देखि कार्तिक ३ गतेसम्म
 मेष
तपाईंका लागि यो साताका शुरुका दिनहरु शुभ फलदायक छैनन्। स्वास्थ्यमा समस्या आउन सक्छ। व्यापार व्यवसायमा अनेक बाधा–व्यवधान आउन सक्छ। चिताएभन्दा बढी खर्च हुनाले आर्थिक सन्तुलन मिलाउन गाह्रो पर्ला। मुद्दामामिलामा झमेला, मान–सम्मानमा चोट पुग्ने सम्भावना छ। तर अन्तिमका तीन दिनमा भने राम्रो छ। शारीरिक स्वस्थता, आर्थिक लाभ, सुख–सन्तोष हुनेछ।
 वृष
 तपाईंका लागि यो साता मिश्रित फलदायक छ। आज शनिबार समय अनुकूल देखिँदैन भने आइतबारदेखि तीन दिनसम्म समय बलियो छ। गरेका काम सफल हुनेछन्। भोजभतेरमा सहभागी भइएला। कतैबाट थोरै भए पनि आम्दानी होला। तर बुधबार र बिहीबार स्वास्थ्यमा समस्या आउन सक्छ। हुन लागेको काममा बाधा आइपर्न सक्छ। सजगता अपनाउनुपर्ला।
 मिथुन
 तपाईंका लागि यो सातामा के गरौं र कसो गरौंको स्थिति आउला। कुनै दिन भाग्य नै चम्किनेछ भने कुनै दिन अनेक झमेला र दुःख आइपर्ला। आज शनिबार, बुधबार र बिहीबार तपाईंका लागि अनुकूल समय छैन। यी दिनहरुमा सफलता हासिल गर्न कठिन होला। तर बाँकी दिनहरुमा भने सुख–शान्ति, शुभ खबर प्राप्ति, उन्नति–प्रगति, आम्दानीको सम्भावना छ।
 कर्कट
 यो साता तपाईंका लागि त्यति फलदायक देखिँदैन। हुन लागेका काम पनि रोकिने सम्भावना छ। आफन्तजनबाट धोका मिल्न सक्छ। आर्थिक भारले गर्दा तनाव झेल्नुपर्ला। स्वास्थ्यले समेत साथ नदिन सक्छ। तर आइतबार, बुधबार र बिहीबार भने तपाईंले सफलता हासिल गर्न सक्नुहुनेछ। प्रयास गरेमा कतैबाट केही आम्दानी हुनसक्छ। सम्मान एवम् पुरस्कार प्राप्तिको सम्भावना छ।
सिंह
तपाईंका लागि यो साता मिश्रित फलदायक छ। आज समय परिस्थितिले तपाईंलाई पछाडि पार्नेछ भने भोलि आइतबारदेखि तपाईंका लागि समय अनुकूल देखिन्छ। कार्यहरु सफल हुनेछन्। आम्दानीमा बढोत्तरी होला। इज्जत–प्रतिष्ठा बढ्ला। तर बुधबारबाट स्वास्थ्यमा समस्या आउला। खानपानमा सजग हुनुपर्ने देखिन्छ। आँटेका काममा बाधा–व्यवधान आइपर्ला। आर्थिक अभाव होला।
 कन्या
 तपाईंका लागि साताको अन्त्यका तीन दिन धेरै फलदायी देखिन्छन्। आर्थिक लाभ हुनुका साथै खाद्यान्न प्राप्ति होला। भाग्योदय, उपहारादि वस्तु प्राप्ति, शुभ खबर प्राप्ति, मित्रजनबाट सहयोग हुनेछ। कतैबाट स्वागत–सत्कार हुनाले हर्षविभोर, आत्मसन्तुष्टि होला। तर भोलि आइतबारबाट मंगलबारसम्म निरर्थक खर्च, आर्थिक अभाव, चोटपटकको भय, आफन्तबाट धोका नहोला भन्न सकिन्न।
 तुला
 यस हप्ताका बढीजसो दिन तपाईंका लागि शुभ छन्। गरेका कार्यहरु सफल हुँदा सुखानुभूति हुनेछ। कतैबाट खाद्यान्न लाभ होला। आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ। उपहारस्वरुप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ। तर बुधबार र बृहस्पतिबार भने कार्यमा असफलता हुँदा तनाव बढ्नेछ। धन हानि, मान हानिको सम्भावना छ। धैर्य गर्नुहोला।
 वृश्चिक
तपाईंका लागि यो साता सुख–समृद्धिदायक छ। बोलीबचनमा सरस्वती बस्नाले बोलेको लाग्ने, आर्थिक लाभ हुने, सुख–सन्तोष हुनेछ। राज्यको सेवा–सुविधा प्राप्त हुने, राजनीतिक सक्रियतासमेत बढ्नेछ। आफ्नो गरिरहेको व्यवसायबाट यथेष्ट फाइदा हुनेछ। मान–प्रतिष्ठा बढ्नेछ। तर आज शनिबार र साताको अन्त्य शुक्रबार भने आर्थिक नोक्सानी, अस्वस्थता एवम् तनाव होला।
 धनु
साताको मध्य अवधिसम्म दिनहरु हितकर छैनन्। पारिवारिक विवाद, पेटको स्वास्थ्य समस्या, विनाउपलब्धिको दौडधुप, हुन लागेको काममा रोकावट हुने सम्भावना छ। तर बुधबारबाट भने दिनहरु शुभ छन्। सबै समस्या समाधान हुनेछन्। आर्थिक लाभ, पारिवारिक सुख–सन्तोष, शत्रुमाथि विजय, लेखाइ–पढाइमा सफलता, वाहनको इच्छा हुनेहरुलाई वाहन लाभको सम्भावना छ।
मकर
 तपाईंका लागि यो साता त्यति शुभ फलदायक देखिँदैन। मान–सम्मानमा आघात पर्ने सम्भावना छ। गरेका कार्यहरु सफल हुन कठिन होला। निरर्थक खर्च, अनावश्यक हैरानी बेहोर्नुपर्ला। रुघाखोकीले सताउन सक्छ। परिश्रम धेरै तर प्रतिफल कम प्राप्त हुनेछ। तर आज शनिबार र साताको अन्त्य शुक्रबार भने सुख–सन्तोष हुने, स्वास्थ्य तन्दुरुस्त हुने, आर्थिक लाभ हुने सम्भावना छ।
 कुम्भ
तपाईंका लागि यो साताका सबैजसो दिनहरु उत्तम फलदायक नै देखिन्छन्। पुरस्कार–सम्मान प्राप्ति हुने सम्भावना छ। धनलाभ हुने, राम्रो कामको थालनी हुने देखिन्छ। सुख–सन्तोष, पराक्रम वृद्धि, मानसिक प्रसन्नता होला। परीक्षा, खेलकुद, मुद्दामामिला अदिमा विजयको सम्भावना छ। तर बुधबारचाहिँ समय प्रतिकूल छ। आर्थिक क्षति, स्वास्थ्य समस्या हुने देखिन्छ।
 मीन
 तपाईंका लागि यो साताको शुरु र अन्त्यका गरी दुई दिनबाहेक सबै दिनहरु उपलब्धिमूलक देखिन्छन्। व्यापार व्यवसाय गरेको भए मनग्य फाइदा होला। जागिरे भए पदोन्नतिको सम्भावना, विद्यार्थी भए पठनपाठनमा सफलता हुने देखिन्छ। साथै सामान्य परिश्रमबाट पनि नचिताएको धन वा पैसा प्राप्तिको सम्भावना छ। तर आज शनिबार र शुक्रबारको दिन भने अनुकूल देखिँदैन।

प्रतिक्रिया दिनुहोस्