२५ दृष्टिविहीन बालबालिकालाई ब्रेललिपी तालिम



 

अर्जुन बोहरा, हुम्ला
‘स्वास्थ्य सबैका लागि, दृष्टिको महत्त्व बुझौँ’ भन्ने नाराका साथ विश्व दृष्टि दिवस मनाइएको छ। हिमाली जिल्ला हुम्लामा पनि हेड नेपाल नामक गैर–सरकारी संस्थाले पूर्ण दृष्टिविहीन भएका २५ जान बालबालिकालाई आवसीयरूपमा व्रेललिपिद्वारा शिक्षा, कमलशिलता कम्युटर तालिमलगायतका आयआर्जनसम्बन्धी तालिम दिएको छ। लामो समयदेखि हुम्लालगायतका जिल्लाहरूका दृष्टिविहीन बालबालिका राज्यको पहुँच बाहिर रहेका छन्।

हुम्लामा अधिकांश गाउँघरमा अझै दृष्टिविहीन तथा शारीरिक रूपमा अपांगता भएकाहरू अझै शिक्षाबाट वञ्चित भएका छन्। केही वर्षदेखि हुम्लाको सदरमुकाम सिमिकोटमा न्यून दृष्टि, पूर्ण दृष्टि र शारीरिक रुपमा अपांगता भएका बालबालिकालाई लक्षित गर्दै विभिन्न चेतानामूलक कार्यक्रम स्वास्थ्य शिक्षालगायत हेडगृह पनि सञ्चालन गर्दै आइरहेको छ।।

हेड नेपालले सञ्चालन गरेको हेड गृहमा बे्रललिपीबाट अक्षर चिनेर अहिले कक्षा ८ मा अध्ययन गरेको सिमिकोट गाउँपालिका वडा नं २ निबासी गोैगरा बोहराले बताइन्। दुबै आँखाका दृष्टि गुमाएकी बोहरा अहिले छडीको साहयताले नजिकैको बजारमा रहेको बालमन्दिर माविमा पढ्न जाने गरेको हेड नेपालका हुम्लाका कार्यकारी निर्देशक छिटुप लामाले बताउनुभयो। अहिले हेड नेपालले सञ्चालन गरेको हेड भिजन गृहमा २५ जना पूर्णदृष्टिविहीन बालबालिकालाई आवासको व्यवस्था गरेको छ।

हेड नेपालले हुम्लाले दृष्टिविहीन भएका बालबालिकालाई आवासीय रूपमा शिक्षा दिइरहेको सञ्चालक समिति सदस्य कलम बुढाले बताए। अन्य क्षेत्रभन्दा हुम्लामा दृष्टिविहीन भएका बालबालिकालाई पठनपाठनका लागि ब्रेललिपीलगायतका सामग्री ल्याउनका लागि समस्या भएको विमल विष्टले बताए। उनले अहिलेसम्म हुम्ला मात्र नभई नेपालभरि ब्रेल बुकहरू समयमै नपाउने भएकाले पनि दृष्टिविहीन विद्यार्थीहरूले अध्ययनमा गाह्रो हुने भएको बताए।

नेपालको संविधानमा राष्ट्रिय लिपीका रूपमा घोषणा भइसकेकाले पनि हुम्लामा दृष्टिविहीन भएका बालबालिका ब्रेललिपीको फरमुलाअनुसार सिकाउने गरेको दृष्टिविहीन शिक्षक रामबहादुर ऐरीले बताए। आफू पनि पूर्णदृष्टिविहीन भएकाले पनि अन्य दृष्टिविहीन बालबालिकालाई सरकारले पाठ्यपुस्तकलगायतको शैक्षिक, आवास, विद्यालय सर्वशुलभ बनाएमा आफूले पढाउने वातावरण मिल्ने उनको भनाइ थियो।

अहिले आफ्नै आवासमा ब्रेल बुकको पुस्तकालयसमेत स्थापना गरेको छ। हुम्लामा पूर्णदृष्टिविहीन भएका २५ जना बालबालिकालाई आफ्नै आवासमा राखेको समेत हेड नेपालका लेखापाल छोमु लामाले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्