देउवा सरकारले ६४ सदस्यीय मन्त्रिपरिषद् बनाएर इतिहास रच्याे, कमल थापासहित ८ मन्त्री थप !



काठमाडौं । उपप्रधानसहित तीन मन्त्री र चार राज्यमन्त्रीसहित कमल थापा सरकारमा सहभागी भएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । यस्तै राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । सबैको मन्त्रालय तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ र सपथ भोलि हुनेछ । योसँगै देउवा सरकार इतिहासकै जम्मो ६४ सदस्यी भएको छ ।

प्रतिक्रिया दिनुहोस्