प्रधानमन्त्री देउवाले मन्त्री परिषद् विस्तारको भित्री तयारी सुरु गरे, कमल थापा लगायत राप्रपाबाट मन्त्रीहरु थपिंदै



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद् विस्तार गर्ने संकेत देखीएको छ । उनले मन्त्री पषिद विस्तारको तयारी सुरु गरेको स्रोतले बताएको छ । आज अपरान्ह मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्याललाई फोन गरेर मन्त्री परिषद विस्तारको सम्भावना रहेको बताउँदै त्यसका लागि तयार रहन भनेको बताइएको छ । कमल थापा लगायत राप्रपाबाट मन्त्रीहरु नियुक्त गर्न मन्त्री पषिद विस्तार गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्