आफ्नो भाग नपाएपछि भट्टराईले छाडे वाम गठबन्धन !



काठमाडौँ । नयाँ शक्ति पार्टी बाम गठबन्धनबाटै बाहिरिने सम्भावना बढेको छ । खोजेको भाग नपाएपछि डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले एमाले नेतृत्वको वाम गठबन्धनबाट बाहिरिने संकेत गरेको छ । अब नयाँ शक्ति पार्टीले सूर्य चिन्ह लिएर चुनाव नलड्ने भएको छ । यसअघि एमाले र माओवादीसँग तालमेल गर्दै सूर्य चिन्हमा चुनाव लड्ने सहमति गरेको नयाँ शक्तिले गठबन्धनमा आफूहरुलाई उचित स्थान नदिइको भन्दै सूर्य चिन्ह लिएर चुनावमा नजाने जनाएको हो । नयाँ शक्तिको संघीय सचिवालयको विस्तारित बैठकमा संयोजक भट्टराईले एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्नुको साटो नयाँ शक्तिकै चिन्ह आँखा लिएर लड्नुपर्ने बताएका छन । यद्यपी बैठकले यसको औपचारिक निर्णय भने गरिसकेको छैन । नयाँ शक्तिले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १५ सिट पाउनुपर्ने र अध्यक्ष बाबुराम भट्टराईलाई गोरखाका दुई मध्ये कुनै एक क्षेत्रमा टिकट दिनुपर्ने माग गरेपनि माओवादी नेताले त्यसो गर्न नसकिने बताएपछि डाक्टर भट्टराई रुष्ट बनेका छन ।

प्रतिक्रिया दिनुहोस्