प्रदर्शनीमा राखिएका सेक्स डल देखेर दर्शक उत्तेजित



मानिस कतिबेला कुन हदसम्म जानसक्छ भन्ने कुराको अनुमान गर्नपनि गाह्रो हुन्छ । अष्ट्रियामा भएको एउटा घटनाले यस्तै बताउँछ ।

त्यहाँ भएको एक प्रदर्शनीमा मानिसहरु सेक्स डल देखेर एकाएक उत्तेजित भए । उत्तेजित मानिसहरुले एकाएक सेक्स डल नै तोडफोड गर्न थाले ।

अष्ट्रियाको लिञ्जमा हालै आर्टस् इलेक्ट्रोनिया फेस्टिबलको आयोजना गरिएको थियो । उक्त विद्युतीय उपकरणको प्रदर्शनीमा एउटा सेक्स डल पनि राखिएको थियो । समेन्था नामक उक्त सेक्स डलको मूल्य झण्डै ३५ सय युरो थियो ।

त्यो महंगो तथा सुन्दर सेक्स डलर देखेर मानिसहरुले सेक्स डलका बारेमा जानकारी लिनेछन् र त्यो प्रडक्ट खरीद गर्ने विषयमा निर्णय गर्नेछन् भन्ने आयोजकको अनुमान थियो । तर भयो उल्टो ।

मानिसहरुले त्यो सेक्स डललाई उत्तेजित भएर सामसुम पार्न थाले । जोडसँग छाम्ने क्रममा त्यो सेक्स डल नै कच्याक कुचुक भयो । समेन्ता अब मर्मत नै गर्न नसकिने अवस्थामा पुगेको छ ।

उक्त सेक्स डल निर्माता सेर्गी सेन्टोसका अनुसार मानिसहरु समेन्थाको छाति, हात तथा खुट्टामा चढे । मानिसहरु यति खराब पनि हुनसक्दारहेछन् की उनीहरुले सेक्स डलप्रति बर्बरता देखाए ।

अब उक्त सेक्स डललाई सफाइ तथा सम्भावित मर्मतका लागि स्पेन फर्काइँदैछ ।

मानिसहरुको सेक्सडल प्रतिको क्रुरता देख्दा पुरुषहरु महिलामाथिको यौनहिंसाका क्रममा कस्तो व्यवहार गर्दा रहेछन् भन्ने प्रष्ट भएको विज्ञहरुले बताएका छन् ।

यद्यपि सेक्स डल तथा सेक्स रोबोटका विषयमा कतिपयले कडा आलोचना पनि गर्दै आएका छन् । कतिपयले सेक्स रोबोटका कारण बलात्कारका घटना झनै बढ्ने तर्क समेत गर्दछन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्