युरिक एसिडको बाथ र यसको उपचार



डा. केशवराज सिग्देल

युरिक एसिडको बाथ भनेको के हो ?

हामीले दिनहुँ सेवन गर्ने खाद्यपदार्थ पाचन हुने क्रममा शरीरमा उत्पादन हुने विकार तत्व ‘युरिक एसिड’को मात्रा रगतमा सामान्यभन्दा बढी देखा परेर विशेषतः जोर्नीहरुमा असर भएको अवस्थालाई युरिक एसिड बाथ ९न्यगत यच न्यगतथ ब्चतजचष्तक० भनिन्छ । वयष्क पुरुषको शरीरमा प्रति १०० मिलिलिटर रगतमा ७ र महिलाको शरीरमा ६.२ मिलिग्रामसम्म युरिक एसिड हुनु सामान्य नै मानिन्छ ।

तर सो भन्दा बढी भएमा जोर्नीहरुमा खराब प्रभाव देखिन्छ । जोर्नीहरुमा युरिक एसिड क्रिस्टलको रुपमा जमेर जोर्नी सुन्निने र दुख्ने हुन्छ । रगतमा युरिक एसिडको मात्रा बढेको देखिए तापनि धेरैजसो व्यक्तिमा कुनै लक्षण नदेखिने विभिन्न अध्ययनबाट
देखिएको छ ।


रिक एसिड बढ्ने खानाकै कारण हो त ?

हाम्रो समाजमा युरिक एसिडको बाथद्वारा ग्रसित बिरामीले जहिले पनि आफ्नो आहार–विहार र खाना खाने तरिकालाई दोष दिने गरेको पाइन्छ । युरिक एसिडको बाथ हुनुमा आहार–विहार र खानपानको भूमिका एक चौथाइ जति मात्रै हुन्छ । अर्थात् तीन चौथाइ जति भूमिका त हाम्रो शरीर आफैंले उत्पादन गर्ने युरिक एसिडको मात्रामा भर परेको हुन्छ ।

युरिक एसिडको बाथ हुनुमा आहार–विहार र खानपानको भूमिका एक चौथाइ जति मात्रै हुन्छ । अर्थात् तीन चौथाइ जति भूमिका त हाम्रो शरीर आफैंले उत्पादन गर्ने युरिक एसिडको मात्रामा भर परेको हुन्छ ।

यस्तो पनि भनिन्छ कि प्रोटिनयुक्त आहार सेवन गर्नाले १ सय मि.लि. रगतमा बढीमा १ मिलिग्राम युरिक एसिडको मात्रा बढ्छ । युरिक एसिडजन्य प्रोटिनयुक्त खानाको बाबजुद अन्य कारणले गर्दा पनि युरिक एसिड उत्पादन भएको हुन्छ । वंशाणुगत कारण, शारीरिक मोटोपन, लामो अवधि भोको बस्ने बानी, मृगौलाको कार्य विफलता, मृगौलाको पत्थरी, मुटुसम्बन्धी रोगहरु, मधुमेह आदि कारणले पनि युरिक एसिड बढ्न सक्छ । कुनै प्रकारका दीर्घरोगहरुका साथै केही किसिमका औषधिहरुको प्रयोगका कारणले पनि कतिपय व्यक्तिको रगतमा युरिक एसिड बढेको पाइएको छ । जस्तै– लगातार थायजाइड ग्रुपको औषधि सेवन, जुन उच्च रक्तचापमा प्रयोग गरिन्छ । त्यसैले खानपान मात्रै युरिक एसिड बढ्नुको कारण होइन, अन्य कुराहरु पनि कारण हुन सक्छन् ।

गाउटले धेरैजसो बिरामीमा गोडाको बूढीऔंला, गोलीगाँठा र यसवरपरका जोर्नीमा टन्किएर दुख्ने, सुन्निने हुन्छ । रोग छिप्पिँदै गएपछि भने घुँडा तथा हातका जोर्नीहरुमा पनि असर पर्न सक्छ ।

युरिक एसिडको बाथको उपचार कसरी ?
अन्य किसिमको बाथरोगभन्दा युरिक एसिडको बाथलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ । यस्तो बाथलाई व्यवस्थापन गर्नको लागि विशेषज्ञ डाक्टर र बिरामीबीच उचित छलफल, परामर्श र सहकार्य अनिवार्य हुन्छ । अन्यथा बिरामीहरुले डाक्टरको परामर्शविना विविध प्रकारका औषधि छोटो समयको लागि सेवन गर्दा रोग झन्–झन् जटिल हुँदै जाने सम्भावना रहन्छ ।

युरिक एसिडको बाथद्वारा पीडित बिरामीहरु अस्पताल वा डाक्टरको क्लिनिकमा उपचारार्थ उपस्थित हँुदाखेरि रोगको शुरुवात कहिले र कसरी भयो, कति पटक भयो र अन्तिमपल्ट कहिले बढ्यो भनेर सोधपुछ गरिन्छ । यस्ता बिरामीले प्रायजसो एक्कासी दुखाइ बढेर त्यसविरुद्ध औषधि सेवन गरेको वा दुखाइ कम गर्ने औषधिको सुई प्रयोग गरेको कुरा बताउने गरेको पाइन्छ ।

यसरी एक्कासि रोग बढ्ने वा बल्झिने कुरामा सामान्यतया खानपानकै भूमिका रहेको पाइन्छ । त्यसैले त्यतिखेर खानपान र आहार–विहारमा परिवर्तन गर्न परामर्श दिइन्छ । त्यतिखेर युरिक एसिड घटाउने वा बढाउने खाद्यपदार्थ, तत्काल प्रयोग गरिने औषधि र त्यसको सेवन मात्रालगायत धेरै प्रोटिनयुक्त खानेकुरा सेवनको परहेजमा रहँदाखेरि सामान्यतया घट्न सक्ने युरिक एसिडको मात्राबारे पनि डाक्टरसँग जानकारी लिनुपर्दछ ।

कस्तो उमेरमा देखिन्छ र के हुन्छ ?

संसारमा लाखौं मानिस युरिक एसिडको बाथबाट पीडित छन् । तीमध्ये आधा जति संख्यामा युरिक एसिड बाथले पटक–पटक दुःख दिइरहेको पाइन्छ । पश्चिमी देशको तथ्याङ्कको आधारमा भन्नुपर्दा ३० वर्षमाथिका पुरुष र ५० वर्षमाथिका महिलाहरुमा कुनै न कुनै बखत गाउटको समस्याले पिरोलेको हुन्छ । गाउटले धेरैजसो बिरामीमा गोडाको बूढीऔंला, गोलीगाँठा र यसवरपरका जोर्नीमा टन्किएर दुख्ने, सुन्निने हुन्छ । रोग छिप्पिँदै गएपछि भने घुँडा तथा हातका जोर्नीहरुमा पनि असर पर्न सक्छ ।

अर्को कुरा, आहार–विहार र दैनिक जीवनयापन पद्धतिमा परिमार्जन गर्नेबित्तिकै युरिक एसिडको मात्रा घटिहाल्छ भन्ने कुरा पनि कतिपय बिरामीहरुमा लागू नहुन सक्छ । किनकि वंशाणुगतलगायत अन्य कारणले पनि युरिक एसिड बढाएको हुन सक्छ । त्यसैले विशेषज्ञ डाक्टरको सल्लाहबमोजिम उचित प्रकारको नदुख्ने औषधि र युरिक एसिड घटाउने औषधि प्रयोग गर्न जरुरी देखिन्छ ।

जे होस्, खानपानमा सन्तुलन कायम गरेमा, प्रशस्त मात्रामा तरलपदार्थ र पानी सेवन गर्ने बानी बसालेमा, शारीरिक तौल नियन्त्रण गर्ने, नियमित शारीरिक व्यायाम गर्ने र शंका लाग्नासाथ डाक्टरको परामर्श लिने बानी बसालेमा युरिक एसिडको बाथलाई व्यवस्थापन गरेर सहजै छुट्कारा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्